एमाअाेवादी: थाहा १३ मा सुबिनकाे नेतृत्व

मकवानपुर जिल्ला थाहा नगरपालिकाको १५ वटै वडामा एनेकपा माओवादीको पार्टी सुदृढिकरण तथा संगठन विस्तार अभियान अन्तरग शुक्रबार  थाहा नगरपालिकाको वडा नम्बर १३ पाल्चोकमा वडा सम्मेलन सम्पन्न भएको छ । एनेकपा माओवादी थाहा नगर कमिटि उपाध्यक्ष बिष्णु गोपाली, सचिव बिनोद लामा, एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुर २ नम्बर क्षेत्रीय अध्यक्ष राजकुमार के.सी.को उपस्थितिमा सममेलन भएको हो ।

सम्मेलनले सुबिन भक्त श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय १३ नम्बर वडा कमिटि चयन गरेको छ । कमिटिको उपाध्यक्षमा उद्धव अधिकारी, सचिवमा सचिन कमाचार्य, कोषध्यक्षमा ललित सिंह ठकुरी रहेका छन् । 
यसैगरी सदस्यहरुमा रामपुकार परियार, बुद्धिलाल देउला, श्रीकृष्ण महर्जन, मनमाया देउला, गणेशबहादुर महर्जन, गोबिन्द महर्जन, श्रीराम महर्जन रहेका छन् ।
शनिबार थाहा नगरपालिकाको वडा नम्बर १४ को गणेश प्रा.बि.मा बिहान ८ बजे वडा सममेलन हुने नगर सचिव लामाले जानकारी दिनुभयो ।
राजकुमार के.सी./थाहा नगर

All news in One Place