उपाधिको होडमा मनाङ र आर्मी
हेटौँडामा जारी अन्तराष्ट्रिय गोल्डकफ फुटबलमा उपाधिको लागि नेपाल आर्मी तथा मनाङ मस्र्याङ्दी मैदानमा आमनेसामने हुने भएका छन् । उपाधिको लागि देशकै शक्तिशाली क्लबबिचको भिडन्त रोजक हुने मकवानपुरे खेल विश्लेषकहरुले बताएका छन् ।
साहारा क्लबलाई पराजित गर्दै फाईनलमा पुगको मनाङ मस्र्याङदी मुलुककै सबैभन्दा सफल क्लबको इतिहाँस बोकेको क्लब हो भने नेपाल आर्मिले पनि पछिल्लो केहि वर्षदेखि ए डिभिजन लिग तथा देशमा हुने विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै आएको छ । प्रतियोगितामा नेपाल आर्मीले घरेलु टोली एफसी हेटौँडालाई पराजित गर्दै फाईनल प्रबेश गरेको हो ।
खेल पत्रकार स्वर्गीय सुमन भोम्जको स्मृतिमा सुमन भोम्जन स्मृति खेल प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको पहिलो संसकरणमा विजयी हुने दुबै क्लबका प्रशिक्षकहरुले विश्वास लिएका छन् । आर्मीका टिम प्रशिक्षक मेघराज केसीले खेल पत्रकार स्वर्गिय सुमन भोम्जनको स्मृतिमा हुने प्रतियोगिताको प्रथम संसकरण जित्ने दाबी गरेका छन् । आफ्ना केहि खेलाडीहरुलाई चोटले सताएको भएपनि नबयुग श्रेष्ठ तथा विकास कुथुको आगमनले टिम अझ बलियो हुने दाबी गरेका छन् ।
उता मनाङका टिम प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले आफुहरु पनि विजयी हुने उदेश्यले प्रतियोगिताम सहभागि भएको बताए । हेटौँडामा भएको पहिलो अन्तराष्ट्रिय आमन्त्रण गोल्ड कपमा विजयी हुँदै इतिहाँस निर्माणको लागि आफ्ना खेलाडीहरुले सक्दो प्रयास गर्ने उनको भनाई रहेको छ ।