राप्रपा नेपाल छतिवनमा गौतम

धर्मेन्द्र दाहाल/
राप्रपा नेपाल छतिवन गाउँ कमिटी अध्यक्षमा गोवद्र्धन गौतम चयन भएका छन् । बिहिबार छतिवनमा भएको भेलाले गौतमको अध्यक्षतामा २३ सदस्यीय गाउँ कमिटी चयन गरेको हो । कमिटीको बरिष्ट उपाध्यक्षमा दुदबहादुर राई, द्वितिय अध्यक्षमा अमर लामा, तृतिय उपाध्यक्षमा सरस्वति बोलखे, सचिवमा लक्ष्मी जिम्बा ,सहसचिवमा सतिस् खड्का तथा कोषाध्यक्षमा हरिबहादुर राई चयन भएका हुन् ।
कार्यक्रममा बोल्दै सांसद गणेश थापाले राप्रपा नेपाल विकास गर्ने पार्टी भएको बताएका छन् । अरु राजनीतिक दलहरु विकास भन्दा गफ धेरै गर्ने बताउँदै थापाले आफु अब मकवानपुरमानै रहेर विकासको गतिविधिलाई अघि बढाउने दाबी समेत गरेका छन् । मकवानपुरलाई विकास गरि देशकै सबैभन्दा विकास भएको जिल्ला बनाउन आफु लागि पर्ने उनको भनाई रहेको छ । अधिवेशनमा राप्रपा नेपाल मकवानपुरका अध्यक्ष नबराज विष्ट, जिल्ला सदस्य धु्रब घिमिरे, क्षेत्र नं १ अध्यक्ष राजाराम अर्याल लगाएतको सहभागिता रहेको थियो ।

All news in One Place