शोभितकाे 'टिचर'ले मनायो ५१ दिन

सानो काम गर्दा पनि ठूलो स्वरमा हल्ला गर्ने सोभित अहिले गुमनाम छन् भन्दा विश्वास नलाग्न सक्छ । ‘हो म अहिले विना हल्ला काम गरिरहेको छु । असार १२ गते काठमाडौं छाडेको थिएँ, अहिले पोखरामा छु ।’ अनलाइनखबरसँग कुरा गर्दै सोभितले भने ।
गएको असार १२ गते चलचित्र प्रदर्शन गर्न हेटौंडा हिँडेका सोभित नारायणगढ हुँदै अहिले पोखरा पुगेका छन् । दुई महिना अघि आफ्नै चलचित्र ‘जाउँ हिँड पोखरा’ चलाउन दुई हप्ता काठमाडौंमा बसेका सोभित अझै एक महिना पोखरामै बस्ने बताउँछन् ।
उनको भनाई अनुसार उनको पछिल्लो चलचित्र ‘टिचर’ले हेटौंडामा ६१ दिन मनायो भने नारायणगढमा प्रदर्शनको ७८ औं दिन पार गर्‍यो । पोखरामा पनि एक महिनादेखि प्रदर्शन भईरहेको छ । ‘यो च्यारेटी वेसको चलचित्र भएकाले स्कुलका विद्यार्थीले निकै मन पराएका छन् । स्कुले विद्यार्थीले चलचित्र हेरेकै कारण आफ्नो चलचित्र धेरै दिनसम्म प्रदर्शन भएको सोभितले बताए ।
पोखराको प्रदर्शन सकिएपछि बुटवल जाने तयारीमा रहेका सोभित बाग्लुङ, पर्वतवाट पनि उस्तै माग आइरहेको बताउँछन् ।
चलचित्रले हरेक शहरमा ५१ दिन मनाएकाले हल्ला नगरेको उनको भनाई छ ।
अनलाइन खबरबाट

All news in One Place