संसारकै सबैभन्दा सस्तो स्मार्टफोन: नेपाली रू. ४ सय मात्र

- एजेन्सी/

फाल्गुन १४, २०७२- 
विश्वकै सबैभन्दा सस्तो दाबी गरिएको स्मार्टफोन भारतको नयाँ दिल्लीमा सार्वजनिक भएको छ । फ्रिडम २५१ नाम दिइएको उक्त स्मार्टफोनको मूल्य २ सय ५१ भारु अर्थात् ४ सय नेपाली रुपैंया मात्र छ ।

यो फोन अनलाइनमार्फत बुक गर्न सकिने बताइएको छ । फोन निर्माता कम्पनी रिंगिङ बेल्सको वेबसाइटमा गएर यो स्मार्टफोन बुक गर्न सकिन्छ । फोन बुक गरेकाहरूको ठेगानामा कम्पनीले पछि फोन डेलिभरी गर्नेछ । स्मार्टफोनको दुनियाँमा नवोदित कम्पनी रिंगिङ बेल्सले सुरुवातमै दुनियाँको सबैभन्दा सस्तो स्मार्टफोन ल्याएर सबैलाई चकित पारेको छ । 


All news in One Place