एयर काष्ठमण्डपको जहाज कालिकोटमा फोर्स ल्यान्डिङ, पाइलटको अवस्था गम्भीर
फाल्गुन १४, २०७२- एयर काष्ठमण्डपको जहाज कालिकोटको चिलखायमा फोर्स ल्यान्डिङ गरिएको छ । फोर्स ल्यान्डिङ गर्दा पाइलटको अवस्था गम्भीर रहेको छ भने अरु यात्रुहरुको अवस्थाबारे थप विवरण आउन बाँकी छ । नेपालगन्जबाट जुम्ला उडेको एयर काष्ठमण्डपको जहाज कोलिकोटमा फोर्स ल्यान्डिङ गरिएको हो ।
नेपालगन्जबाट जुम्लाको लागि शुक्रबार मध्यान्ह १२ बजेर १६ मिनेटमा उडेको नाइनएनएजेवि जहाज चिल्खयामा आकस्मिक अवतरण गरिएको हो । सिंगल इन्जिनयुक्त सो जहाजमा चालकदलका २ सदस्य सहित ११ जना सवार थिए ।
नेपालगन्ज विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरका अनुसार सिंगल इन्जिनयुक्त सो जहाजमा चालकदलका २ सदस्य सहित ११ जना सवार थिए । केही यात्रुहरुको अवस्था गम्भीर रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय जुम्लाबाट अहिले दुर्घटनास्थलतर्फ स्वास्थ्यकर्मी पठाइसकिएको छ ।
घाइतेहरुको उद्धारको लागि नेपालगन्ज र पोखरामा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।
जहाज क्याप्टेन दिनेश न्यौपाने र सह-चालक सन्तोष रानाले उडाएका थिए ।
जहाजमा यात्रारत यात्रुहरुमा ३५ वर्षीय गणेश भट्टचन, ३५ वर्षीय मेघराज गिरी, २५ वर्षीय जगदम्बा खत्री, १६ वर्षीया सोनाली भट्टचन, ३० वर्षीयालक्ष्मी सुनार, गोविन्द भण्डारी, ३४ वर्षीय लक्ष्मण खड्का, ३१ वर्षीय धनन्जय खत्री र खत्री थरकी एक बालिका रहेका छन् ।