मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्वन्धी तालिम सुरु
धर्मेन्द्र दाहाल/
तालिमको पहिलो दिन कार्यक्रममा लैङ्गिकताको विषयगत अवधारणा, मानव वेचविखन तथा ओसारसराको विषय, कानुनी ब्यवस्था, बैदेशीक रोजगारमा हुने खालका बेचविखन तथा सिफारिस प्रणालीको विषयमा तालिम तथा छलफल भएको छ ।
कार्यक्रममा कानुनी सहयोग तथा परामर्श केन्द्रकी निर्देशक अनिता न्यौपाने तथा हेटौँडका अधिवक्ता मुकुन्द अधिकारीको तथा रेखा तुलाचनले सहजिकरण गरेका छन् । तालिममा सहभागिहरुले हिंसा न्युनिकरण आफुबाटनै सुरु गर्नुपर्ने बताएका थिए । मुलुमा हिंसा न्युनिकरणको विभिन्न कानुन निर्माण भएको भएपनि कार्यन्वयन पक्षमा सुधारको आवश्यक्ता रहेको विषयमा पनि बहस भएको छ । पितृसतात्मक सोचको कारण हिंसाका घटनाहरु धेरै भएको कारण यस्ताखाले सोचलाई न्युनिकरण गर्नुपर्नेमा सहभागिहरुको जोड दिएका थिए ।