आग्राका भूकम्पपीडितलाई आर्थिक सहयोग

शुभराज गोले/
मकवानपुरको आग्रा गाविसस्थित दुई हजार मिटर भन्दा माथि भूभागमा बसोबास गर्ने भूकम्प पीडितलाई जाडोबाट जोगिन आर्थिक सहयोग गरिएको छ । 

टियर फन्डको सहयोगमा राडो नेपालले आग्राका एक सय ३४ परिवारलाई प्रति परिवार पाँच हजार रुपैयाका दरले आर्थिक सहयोग गरेको हो । आग्राको डाँडाबासमा एक कायक्रमको आयोजना गरी वडा नं. १, ४, ५ र ६ का भूकम्प पीडितलाई रकम प्रदान गरिएको आग्राका सामाजिक परिचालक अमर गोलेले बताए ।  कार्यक्रममा राडो नेपालका विष्णु धिताल, राजन दाहाल लगायतको उपस्थिति रहेको थियो ।  

गत बैशाख १२ गतेको भूकम्पले घर भत्किएपछि टहरामा बसोबास गर्दै आएका र उच्च भागमा चीसो बढी हुने भएकोले समुद्र सतहदेखि दुई हजार मिटर माथि भूभागमा बस्ने पीडितलाई सहयोग गरिएको  राडोका दाहालले वताए । भूकम्प पीडितलाई चिसोबाट बच्न दिइएको रकमले ठूलो राहत पुगेको भूकम्प पीडित कृष्णबहादुर थिङले बताए । 

All news in One Place