महासंघको भोली साधारणसभा
शिव चाैलागाइ/
नेपाल पत्रकार महासंघको भोली १३ औं साधारणसभा हुदैछ । साधारणभाको सम्पूर्ण तयारी पूरा भएको सचिव कृष्ण सारुमगरले जानकारी दिनुभयो । सभामा महासंघका संस्थापक अध्यक्ष न्हुच्छेमान श्रेष्ठ
को स्मृतिमा स्थापना गरिएको न्यूच्छेमान श्रेष्ठ स्मृति क्रियाशील पत्रकारिता पुरस्कारबाट दुईजनालाई सम्मानित गरिने तयारी छ । न्हूच्छेमान श्रेष्ठ स्मृति क्रियाशील पत्रकारिता पुरस्कार २०७० दीपक अधिकारी र २०७१ नानीमैंया विष्टलाई प्रदान गरिने महासंघ मकवानपुर अध्यक्ष महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । यस्तै, महासंघ तथा मकवानपुरको पत्रकारिता क्षेत्रका विभिन्न भुमिकामा सहयोग पु¥याएकाहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।