चन्द्रोदय उच्चमाविलाई दुइ काेठे भवन हस्तान्तरण
शिव चाैलागाइ/
हेटौंडा कमानेस्थित चन्द्रोदय उच्चमाविलाई हङ्कङ् बस्दै आउनुभएका कृष्णप्रसाद खड्काले आफ्ना मातापिताको नाममा दुई कोठे भवन निर्माण गरिदिनुभएको छ । भुकम्पमा विद्यालय भत्किएपछि उहाँले दश लाख रुपिया लगानी गरी भवन बनाइएको हो ।
आज नगद ९० हजार, विद्यालयका लागि कुर्सी, टेबुल, डेक्स, बेन्च, कालोपार्टी, पङ्खा लगायत आवश्यक सामग्री मातापिता खम्बध्वज र शान्तिदेवी खड्काले संयुक्त रुपमा गरिएको हो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष प्रवेश पोखरेलको अध्यक्षतामा भएको विद्यालय भवन हस्तान्तरण कार्यक्रममा मकवानपुरका शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्य, शिक्षक महासंघ मकवानपुर अध्यक्ष जिधराज ढकाल,स्रोत व्यक्ति केशव सञ्जेल, नारायण भण्डारी लगायतको उपस्थिती थियो ।
यसैबिच, रामेछाप निवासी लालमति ट्रष्टका अध्यक्ष इमानसिंह लामाले विद्यालय पुननिर्माणका लागि ५० हजार १ सय ५१ रुपियाको चेक हस्तान्तरण गर्नुभएको छ ।