निरन्तर झरिरहेको ‘झरना’
धर्मेन्द्र दाहाल/
२३ बर्ष पहिले मकवानपुरको सदरमुकाम हेटौँडाबाट २५ किलोमिटर पूर्व छतिवन गाविसमा एउटा झरना झर्न सुरु ग¥यो । कसैले सोचेका थिएनन् त्यो झरनाको मुहान २३ वर्षसम्म सुक्दैन भनेर, कसैले कल्पना समेत गरेका थिएनन् होला त्यो झरनाले सिंञ्चित गरेको पानीले हजारौ साहित्यिक मनलाई एक श्रष्टाको रुपमा रुपान्तरण गर्छ भनेर । तर झरना साँच्चै निरन्तर झरिरह्यो, कयौ हजार साहित्यिक मनहरुलाई सिंचाई गर्दै ।
२०५० फागुन १२ गते मकवानपुरको विकट मानिएको छतिवनमा रहेको महेन्द्र मावि (हाल उच्च् मावि) मा शिक्षकको रुपमा कार्यरत सहत्यिकार रमेशमोहन अधिकारीको पहलमा साहित्यको क्षेत्रबाट छतिवनलाई अलग्गै पहिचान दिनु पर्छ भन्दै झरनाको स्थापना भयो । झरनालाई त्यतिबेला सोहि विद्यालयमा अध्यापन गर्ने जनार्दन खनाल, उद्धब सापकोटा, परसुराम गौतम सहितले साथ दिए । स्थापनाको १ दशक सम्म नेतृत्व गर्ने क्रममा अधिकारीले झरनालाई छतिवनको कुनामा मात्र हैन राष्ट्रिय रुपमानै अलग्गै छवि बनाउनको लागि पहल र प्रयत्न गरिसकेका थिए । उनको प्रयत्नलाई उनको टिमले साथ र सहयोग दिन कहिल्यैपनि कन्जुस्याँई गरेन र झरना साहित्यको एक अग्रणी तथा लोकप्रिय सस्थाको रुपमा रहन सफल बन्यो ।
२०६० पश्चात झरनाको नेतृत्व छतिवनेलीको हातमा पुग्यो । रमेश मोहन अधिकारी पश्चात झरना सुक्छ भन्नेहरु पनि नभएका हैनन् तर झरनालाई छतिवनेली नेतृत्वले सुक्न दिएन । झरनाले द्व्न्द्वकालको सुरुवात भइसकेको अवस्थामा पनि झरनाले २०५२ देखि नै वार्षिक कार्यक्रमहरुमा राष्ट्रिय स्तरका साहित्यकारहरूको उपस्थिति र सम्मानलाई लाई निरन्तरता दिँदै आएको छ । हालसम्म झरनाले राष्ट्रिय स्तरका साहित्यकारहरु श्यामप्रसाद शर्मा, बालकृष्ण पोखरेल, डा. केशवप्रसाद उपाध्याय, निर्मोही व्यास, डा. घनश्याम न्यौपाने, बूँद राना, सरुभक्त, जनकप्रसाद हुमागाईँ, धर्मेन्द्र भट्टराई, अच्युत खनाल, राम पराजुली, माधवप्रसाद काफ्ले, सरस्वती श्रेष्ठ सरू, भुपिन, शेखर अस्तित्व ,धनराज गिरी, सुरेन्द्र अस्तफल, गोपाल पौडेल आदिलाई छतिवनको भूमिमा पुर्याइसकेको छ भने मकवानपुरमा रही राष्ट्रिय ख्याति प्राप्त गरिसकेका तुल्सी थापा आर. आर. चौँलागाईँ, साम्ब ढकाल, आर. सी. रिजाल, निमेष निखिल, तुलसी घिमिरे, लगायतलाई पनि पटकपटक आफनो भूमिमा पदार्पण गराइसकेको छ ।
२२ औँ वसन्त पार गर्न लाग्दा झरनाले १९९ वटा नियमित साहित्यिक कार्यक्रम गरिसकेको छ । ३१ औँ अङ्कसम्म ‘झरना’ साहित्यिक पत्रिका प्रकाशन गरिसकेको छ भने तीनवटा पुरस्कार तथा सम्मान स्थापना गरिसकेको छ ।
हाल झरनाले हेटौँडामा त्रैमासिक रुपमा तथा छतिवनमा मासिक रूपमा साहित्यिक कार्यक्रमहरू गर्दै आएको छ । असार र चैतमा हेटौँडामा हुने हुने कार्यक्रममा क्रमशः लघुकथा र मुक्तकको प्रतियोगितात्मक कार्यक्रम रहने गरेको छ । जसअनुसार एकजना उत्कृष्ट मुक्तक सर्जकलाई शिवसाबित्री मुक्तक पुरस्कार तथा एकजना उत्कृष्ट लघुकथा सर्जकलाई रामसाबित्री मुक्तक पुरस्कार प्रदान गर्ने गरिन्छ ।यसबाहेक मकवानपुरमा रही साहित्यमा योगदान पु¥याउने एक जनालाई वार्षिक रुपमा ताम्रपत्र स
हित रू. ५ हजार ५ सय ५५ रुपैँया राशिको बाबुलाल÷भोजमाया स्मृति साहित्य पुरस्कार प्रदान गरिँदै आएको छ । यो पुरस्कार बालजागृति ई. बो. स्कुलका संस्थापक प्रिन्सिपल बिनोद सुबेदीले आफ्ना मातापिताको नामबाट स्थापना गरेका हुन् । पछिल्लो समयमा झरनाले छतिवन र नामटारमा विशेषगरी विद्यालय तहका विद्यार्थीहरूका लागि प्रशिक्षणात्मक साहित्य गोष्ठी पनि आयोजना गरिसकेको छ । झरनालाई पछिल्लो समय युवा पुस्ताले अझ नयाँ स्वरुपमा हाँक्ने प्रयत्न गरेका छन् । उनीहरुको प्रयत्न अझ सफल हुने देखिएको छ । झरना अव थप फराकिलो हुनुपर्दछ भन्दै विभिन्न स्थानमा कार्यक्रमको आयोजना गर्नु पनि एक प्रमाणको रुपमा रहेको छ । झरनाले उत्पादन गरेका कबिहरु शुवास खनाल, चिरञ्जिवी लामिछाने, दिपक गौतम, भावना सापकोटा, सरला बोलखे, मिनप्रसाद सञ्जेल, उमेस तिमल्सिना लगाएतको टोली जो अहिले मकवानपुरको साहित्य क्षेत्रको नेतृत्व मात्र नभएर मकवानपुरे साहित्य जगतलाई राष्ट्रिय रुपमा चिनाउनको लागि समेत सफल भैसकेका छन् ।