विमान दुर्घटनाबारे एक अष्ट्रेलियन फोटोग्राफरले गरे गम्भीर खुलासा, यस्तो रहेछ कारण !

काठमाडौं, १४ फागुन । बुधबार म्याग्दीमा दुर्घटनामा परेको तारा एयरको 9N AHH कलसाइन ट्वीनअटर विमानमा २ दिन पहिले नै समस्या देखिएको दावी एक अष्ट्रेलियन फोटोग्राफरले गरेका छन् ।
अष्ट्रेलियास्थित गोल्डक्वेस्ट बुलेटिनका फोटोग्राफर माईक बाटरहाम सोमबार सोही विमानमा चढेका थिए, जुन बुधबार पोखराबाट जोमसोम जानेक्रममा म्याग्दीको सोलीघोप्टेमा दुर्घटनाग्रस्त भयो ।
Mike Batterham
‘म नेपाली त बुझ्न सक्दिन, तर पाइलटको बडी ल्याङ्ग्वेज हेर्दा विमानको दिशासुचक प्रणालीमा केही समस्या भएको जस्तो लाग्थ्यो,’ बाटरहामले गोल्डक्वेस्ट बुलेटिन लाई भनेका छन्, ‘पाईलटहरुलाई संकेतस्वरुप त्यहाँ ग्रिन लाईट प्रयोग गरिएको थियो । त्यही ग्रिन लाईटको सहारामा उनीहरु पहाडबाट आफ्नो बाटो तय गर्छन् ।’
Crashed plane.
बाटरहामले अघि भनेका छन्, ‘पाइलटले डायल बटन थिचेका थिए र को-पायलटतर्फ हेरेर टाउको हल्लाउँदै हात उठाएका थिए । त्यसैक्रममा उनले ग्रिन लाईटको संकेत गुमाउन पुगे, सो लाईट क्रमश: हराउँदै गयो । यदि कुहिरो लागेको भए पाइलटहरु त्यही हरियो बत्तिको संकेतमा निर्भर रहनुको विकल्प थिएन ।’
‘अझ खराब मौसमका कारण फ्लाइट थप मुस्किल बन्दै थियो,’ उनले भनेका छन्, ‘त्यसपछि जव पाइलटले ककपिटमा हात बजार्न थाले त्यो दृष्यले सबैलाई विचलित बनाएको थियो ।’ साथै उनले विमानमा बढी यात्रु राखिएको खुलासा पनि गरेका छन् । १८ जना यात्रु क्षमता भनेर विज्ञापन गरिएपनि आफू चढेको फ्लाइटमा त्यसभन्दा बढी यात्रु चढाएको उनको दावी छ ।
जुन कुराको पुष्टि दुर्घटनाको दिनसमेत बढी यात्रु रहेकोबाट पनि हुन्छ । सो दुर्घटनामा चालकदलका तीन सदस्यसहित २३ जनाले ज्यान गुमाएका थिए ।
साझापाेष्टबाट

All news in One Place