वडा सम्मेलन सकियो

एकीकृत नेकपा (माओवादी)  जिल्ला समिति मकवानपुरको ३ नंबर क्षेत्र अन्र्तगत हेटौडा उपमहान गरपालिकाको वडा नंबर १ र ३ को वडा सम्मेलन आयोजक समिति गठन भएको छ । 
एकीकृत नेकपा (माओवादी)  मकवानपुरका ३ नंबर क्षेत्रीय संयोजक ललित घलानको प्रमुख आतिथ्यमा भएको १ नंबर वडामा मान बहादुर लामाको अध्यक्षतामा २५ सदस्यीय सम्मेलन आयोजक समिति निर्माण भएको हो । त्यसैगरी वडा नंबर ३ मा शुक्र राजथलाको अध्यक्षतामा ११ सदस्यीय सम्मेलन आयोजक समिति निर्माण गरिएको छ । कार्यक्रममा जिल्ला समितिका सदस्य सम्राट तुम्बाहाङ्फे, जंगबहादुर विक लगायतका अतिथि रहेका थिए । 
-नानीमैया विष्ट

All news in One Place