तरुण दलद्धारा आश्रमलाई ५० हजार सहयोग

प्रजातन्त्र दिवसको अवसर पारेर नेपाली का“ग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल मकवानपुरले मानवसेवा आश्रमलाई नगद ५० हजार रुपैंया सहयोग गरेको छ । 
विभिन्न कारणले सडकपेटीमा कष्टकर जीवन बिताउन बाध्य रहेकाहरुको उद्धार, संरक्षण एवम् पालनपोषण गर्दै आएको मानवसेवा आश्रमको निर्माणाधिन भवनलाई सहयोग गर्ने उद्देश्यका साथ नगद सहयोग गरेको जानकारी दिइएको छ । तरुण दल मकवानपुरका अध्यक्ष सुनिल दाहाल, काग्रेस मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्याललगायतले आश्रमका अभियन्तालाई शुक्रबार आश्रममा आयोजित एक कार्यक्रमका बीच नगद हस्तान्तरण गरेका हुन् । अध्यक्ष दाहालले आश्रमको कामप्रति चित्त बुझेको बताउ“दै भवन निर्माणमा सघाउ पु¥याउने उद्देश्यका साथ प्रजातन्त्र दिवसको अवसर पारेर नगद सहयोग गरिएको बताए ।
-प्रकाश दाहाल/हेटौंडा

All news in One Place