दलसंग पत्रकार पराजित
मकवानपुरको राजनीतिक दल र पत्रकारको बीचमा भएको मैत्रीपूर्ण फुटबलमा राजनीतिक दल विजयी भएको छ ।
रेडियो थाहा सञ्चारको आठौ“बार्षिकोत्सवको अवसरमा शुक्रबार कृषि तथा वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको मैत्रीपूर्ण फुटबलमा पत्रकारको टोली ४–२ गोल अन्तरले पराजित भएको हो । राजनीतिक दलको तर्फबाट अजय मानन्धरले ह्याट्रिक गरेका थिए भने निरज सिंह ठकुरीले एक गोल गरे । पत्रकारको तर्फबाट सुवास बिडारी र विक्रम बानिया“ले एक/एक गोल गरे ।
-प्रकाश दाहाल/हेटौंडा

