मकवानपुर २ मा क्षेत्रिय राष्ट्रपति रनिङशिल्ड छनौट शुरु


मकवानपुरको भीमफेदी स्थित सिमल्टार खेलमैदानमा २ नंबर निर्वाचन क्षेत्र स्तरीय क्षेत्रिय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिताको उद्घाटन भएको छ । खेलकुद विकास समिति मकवानपुर जिल्लाको आयोजना तथा महेन्द्र उच्च माविको व्यवस्थापनमा शुरु भएको प्रतियोगितामा २ नंबर निर्वाचन क्षेत्रका १० विद्यालयको सहभागीता रहेको खेलकुद बिकास समिति मकवानपुरले जनाएको छ । २ नंबर क्षेत्रमा २४ माध्यामिक विद्यालय रहेको छ । 
तस्वीर: सुरेन्द्रराज थिके भीमफेदी
तस्वीर: सुरेन्द्रराज थिके भीमफेदी
प्रतियोगितामा रुपनारायण मावि बुढीचौर, कृष्ण मावि भैसे, बत्सला देवी मावि सिस्नेरी ,महेन्द्र उच्च मावि भीमफेदी, जनता मावि सुकौरा, बज्रबाराही उच्च मावि बज्रवाराही, बाराही मावि निबुवाटार, सरस्वती बालबोधनी मावि मार्खु, जनक मावि, आमभञ्ज्याङ, राष्ट्रिय मावि सानुटारको १५ खेल विधामा सहभागिता रहेको छ ।  प्रतियोगिताको ७ फागुनमा एक समारोहकाबीच मकवानपुर २ नंबर निर्वाचन क्षेत्रमा सांसद सुभासचन्द्र ठकुरीको प्रमुख आतिथ्य तथा महेन्द्र उच्च मावि भीमफेदीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम लामाको सभाध्यक्षतामा भएको थियो । 
तस्वीर: सुरेन्द्रराज थिके भीमफेदी
खेलकुद उद्घाटन कार्यक्रममा खेलकुद बिकास समिति मकवानपुर अध्यक्ष माधब तिमल्सिना, भीमफेदी गाउँ विकास समितिका सचिव बद्री सापकोटा, नेकपा एमाले जिल्ला कमिटि सदस्य भगवती पुडासैनी लगायत स्थानिय राजनैतीक दलका प्रमुख, सरकारी कार्यालय प्रमुख, संघसंस्था पदाधिकारीको उपस्थित रहेको थियो ।
–सुरेन्द्रराज थिके÷भीमफेदी

All news in One Place