साहारालाई हराउँदै मनाङ मस्र्याङ्दी फाईनलमा प्रबेश

धर्मेन्द्र दाहाल, हेटौँडा
पोखराको साहारा क्लबलाई १–० को झिनो अन्तरले पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लव हेटौँडामा जारी अन्तराष्ट्रिय हेटौँडा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा मनाङले मोफसलको उत्कृष्ट क्लब साहारालाई निराश बनाउँदै फाइनलमा स्थान पक्का गरेको हो ।
भुकम्पमा परि ज्यान गुमाएका पत्रकार स्वर्गिय सुमन भोम्जनको स्मृतिमा सुमन भोम्जन स्मृति खेल प्रतिष्ठानको आयोजनामा हेटौँडाको वन विज्ञान अन्ध्ययन सस्थानमा भएको दोश्रो सेमिफाईनल खेलको पहिलो हाफमा दुबै पक्षले उत्कष्ट गोल गर्ने प्रयास गरेपनि त्यो सफल हुन सकेन, निकै घम्साघम्सी खेलमा साहाराका पासाङ लामाले ३७ औ मिनेटमा पहेलो कार्ड प्राप्त गर्दा मनाङको तर्फबाट पनि ४४ औ मिनेटमा साजन श्रेष्ठले पहेँलो कार्ड पाए ।
दोश्रो हाफमा दबै तर्फबाट खेल थप आक्रमक भयो । मनाङका क्याप्टेन समेत रहेका अनिल गुरुङले ५५ औ मिनेटमा गरेको शसक्त प्रहारलाई साहाराका गोलरक्षकले बचाउँदा मनाङ पहिलो अग्रता लिनबाट चुक्यो । ६१ औ मिनेटमा पुन मनाङकै अफ्रिकन खेलाडी अफिजले गरेको अर्को सुन्दर प्रहार पोल नजिगबाट बाहिरीयो । उता सहाराले पनि सुन्दर प्रहार गरेको थियो । साहाराको लागि पिटरले वान भर्सेज वान वललाई पनि उपयोग गर्न नसक्दा एउटा राम्रो मौका गुमायो । 
दुबै टिमबाट गोल गर्ने थुप्रै प्रयास भएपनि गोल हुन सकेको थिएन , तर मनाङका उत्कष्ट फर्ममा रहेका स्ट्राइकर अफिज वलावलेले खेलको  ८९ औ मिनेटमा सुन्दर गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको अत्यमा पनि मनाङका गुरुङले शसक्त प्रहार गरेपनि उक्त प्रहार साहाराका डिफेन्डरले जोगाउँदा मनाङले अग्रता दोब्बर पार्न सकेन । खेलको अन्त्यमा अझ तनावपूर्ण खेलमा मनाङका सुवास गुरुङ र रवि पाविानले पहेलो कार्ड खाए र खेलको अन्यसम्म पनि सहाराले कुनै गोल गर्न नसक्दा खेलमा विजयी हुँदै मनाङ फाईनलमा प्रबेश ग¥यो । खेलमा उत्कृष्ट प्रर्दशन गरेका मनाङका विश्वास श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । 
खेल पश्चात प्रतिक्रिया दिँदै मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले आफुहरुले सोचेजती गोल गर्न नसकेपनि खेल सन्तोषजनक रहेको बताए । उनले फाईनल खेल अझ शसक्त हुने भन्दै हेटौँडामा भएको पहिलो अन्तराष्ट्रिय हेटौँडा गोल्डकपमा विजयी हुने दाबी समेत गरे । उता पराजय भोगेका साहारा क्लबका प्रशिक्षक किरण श्रेष्ठmले फरवार्डहरुको कमजोर प्रर्दशनको कारण खेलमा पराजय बेहोर्नुपरेको बताए ।

All news in One Place