१६ दिने तालिम सम्पन्न

धर्मेन्द्र दाहाल, हेटौंडा
ग्रामिण जीवन सुधार मञ्चको आयोजनामा हेटौँडामा भएको १६ दिने उलन ह्यान्डीग्राफ्ट तालिम बिहिबार सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिती मकवानपुरको सहयोगमा भएको तालिलमा १६ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । 
स्वरोजगार बनाउनको लागि तालिमको आयोजना गरिएको मञ्चकी अध्यक्ष बालकुमारी डल्लाकोटीले  जनाईन् । तालिम समाजन कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समिती मकवानपुरका कार्यलय प्रमुख राजन दाहाल खुशराजले तालिमले बेरोजगारहरुलाई स्वरोजगार बनाउनको लागि सहयोग गर्ने बताए । कार्यक्रममा राप्रपाका क्षेत्रीय अध्यक्ष सिताराम बर्तौलाको उपस्थिती रहेको थियो । तालिममा अबिता श्रेष्ठ तथा शान्ति जोशी प्रधानले प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए । सस्थाले हर्नामाडीमा पनि तालिम सम्पन्न गरेको छ ।

All news in One Place