मकवानपुरका भूकम्प पिडितहरूलाइ ट्रयाक्टर वितरण

जिल्ला कृषि विकास कार्यालय मकवानपुरले जिल्लाको उत्तरी क्षेत्रका भूकम्प पिडित किसानहरुका लागि मिनी टिलर (खेत जोत्ने हाते टे्याक्टर) वितरण गरेको छ । कृषक समूहमा आवद्ध किसानहरुका लागि अन्तराष्ट्रिय मकै तथा गहुँ अनुसन्धन कार्यक्रम, शिशा नेपालको भूकम्पीय क्षति पुनःस्थापना कार्यक्रमको आर्थिक सहयोगमा ट्याक्टर वितरण गरिएको हो । किसानहरुका लागि ९५ प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरिएको हो ।
भूकम्प पिडित कृषिका माध्यमबाट आर्थिक स्तर उकास्ने उद्देश्यले कृषी उपकरण वितरण गरिएको कृषि विकास कार्यालय मकवानपुरका वरिष्ठ कृषि विकास अधिकृत निर्मल गदालले बताए । कृषकलाई ट्याक्टर वितरणसंगै कृषिमा यान्त्रिकीकरणको अभ्यास मकवानपुरको थाहा नगरबाटै शुरु भएको जिल्ला कृषि विकास कार्यालय मकवानपुरका प्राविधिक सहायक चन्द्रकान्त चौधरीले बताए । कार्यालयले ६ माघमा ४८ कृषक समूह तथा सहकारीलाई खेत जोत्ने ट्याक्टर थाहा नगरमा एक समारोहकाबीच वितरण गरेको हो । तरकारी उत्पादनको पकेट क्षेत्र मानिएको दामन, पालुङ, फाखेल, चित्लाङ लगायतका क्षेत्रका किसानहरुलाई मिनी टिलर वितरण गरिएको कृषि सेवा केन्द्र दामनका प्रमुख विजयचन्द्र झाले बताए ।  मकवानपुर २ नंबर निर्वाचन क्षेत्रका सांसद सुभाषसिंह ठकुरीले एक समारोहकाबीच किसानहरुलाई ट्याक्टर वितरण गरे । ट्याक्टर वितरण गर्दै सांसद ठकुरीले कृषिमा आधुनिकीकरण गर्नका लागि ठूलो मद्दत पुगेको बताए ।
कार्यक्रममा कार्यक्रमका विशोष अतिथि समेत रहेका एकीकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज तथा पूर्व सभासद् प्रेम बहादुर पुलामीले कृषिमा यान्त्रीकरण हुनु कृषकहरुको हितमा भएको बताए । एक घण्टामा एक रोपनी क्षेत्रफलको जग्गा जोत्न सकिने क्षमताको ट्याक्टर वितरण गरिएको प्रमुख गदालले बताए । वितरण गरिएका ट्याक्टरहरु ४५ हजारदेखि ८५ हजार मूल्य सम्मको रहेका छन् । ट्याक्टर वितरण कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रमुखहरु, विभिन्न संघसंस्थाका प्रतिनीधिहरु, लगायतकाको सहभागिता रहेको थियो ।

All news in One Place