एसएलसी विद्यार्थीलाई लक्षित गर्दै एन्ड्रोईड एप्स

धर्मेन्द्र दाहाल
स्थापनाको दुइ वर्षपछि शैक्षिक समाचार अनलाईन एडुखबर डटकमको सञ्चालक संस्था पी एन्ड पी (पर्सपेक्टिभ एन्ड पार्टीसिपेसन) मल्टिमिडियाले एन्ड्रोईड एप्स सञ्चालनमा ल्याएको छ । बढ्दो प्रविधि विकासलाई सिकाइ प्रकृयासित जोड्न शैक्षिक जनशक्ति विकास केन्द्र (एनसिइडी)सितको सहकार्यमा एप्स सञ्चालनमा ल्याइएको हो । यसले शिक्षक, विद्यार्थी, अभिभावक र शिक्षाका सरोकारवालालाई पुरानो ढर्राको सिकाइ प्रकृयाबाट बदल्न सहयोग गर्ने विश्वास सस्थाले लिएको छ । 
नेपालमा मोबाइल र इन्टरनेटमा आम व्यक्तिको पहुँच र प्रयोग दिनदिनै बढिरहेको अवस्थामा  । मोबाइल र इन्टरनेट व्यक्ति व्यक्तिलाई जोड्ने साधनमात्रै नभई ज्ञानको भन्डार र सिकाइ साधनका रुपमा पनि प्रयोग गर्न सकिन्छ भन्ने उदेश्यको साथमा एप्स बजारमा ल्याएको सस्थाले जनाएको छ ।। पाठ्यपुस्तक, कक्षा कोठा, शिक्षकको भौतिक उपस्थितिलेमात्रै सिकाइ सम्भव छ भन्ने मान्यता बदल्नु बदल्नको लागि  शैक्षिक न्युज पोर्टल एडुखबर डटकमले एप्सलाई निर्माण गरेको जनाईएको छ ।
शैक्षिक जनशक्ति विकास केन्द्रको सहकार्यमा एप्स सञ्चालनमा ल्याएको र एप्समार्फत सिकिएका कुरा शिक्षक, विद्यार्थी, अभिभावक र आम सरोकारवालाले पक्कै पनि आवश्यकता र स्थान अनुसार सही तरिकाले सही ठाउँमा सही रुपमा प्रयोगमा ल्याउने विश्वासको साथमा एप्स सञ्चालनमा ल्याईएको जनाईएको छ ।
सस्थाले प्राकृतिक र राजनीतिक विपत्तिले यसवर्ष कक्षा कोठामा सिकाइको काम प्रभावकारी रुपमा आवश्यकता अनुसार हुन नसकेको अवस्थामा सुरुवातमा  कक्षा १० को सएलसी परीक्षाको तयारी गरिरहेका ६ लाख १५ हजार विद्यार्थी लक्षित गरेर अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयका सिकाइ सामग्री, त्यससँग सम्बन्धित भिडियो र अडियाे कक्षाको प्रस्तुती पनि एप्समा समावेश गरेको बताईएको छ ।

All news in One Place