घरेलु टोलीलाई निराश पार्दै नेपाल आर्मी फाईनलमा प्रबेश
धर्मेन्द्र दाहाल
घरेलु टोली रिगल एफसी हेटौँडालाई २–० ले हराउँदै नेपाल आर्मी फुटबल क्लब हेटौँडामा जारी अन्तराष्ट्रिय हेटौँडा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । तनावपूर्ण खेलमा आर्मीले घरेलु टोलीलाई निराश बनाउँदै फाईनल प्रबेश गरेको हो ।
भुकम्पमा परि ज्यान गुमाएका पत्रकार स्वर्गिय सुमन भोम्जनको स्मृतिमा सुमन भोम्जन स्मृति खेल प्रतिष्ठानको आयोजनामा हेटौँडाको वन विज्ञान अन्ध्ययन सस्थानमा भइरहेको प्रतियोगितामा को बुधबार भएको पहिलो सेमिफाईनलको निकै प्रतिस्पर्धात्मक खेलमा आर्मिले पहिलो हाफको २८ औ मिनेटमा जर्सी नंबर ८ का टंक बस्नेतको सुन्दर गोलबाट अग्रता लियो । डि बक्स भन्दा केहि बाहिरको बललाई नियन्त्रणमा लिएर उनले सुन्दर गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए । खेलमा घरेलु टोलीका जर्सी नंबर ७ का शुसान्त लामाले ३४ औ मिनेटमा गरेको प्रहार आर्मीका गोल किपर विकास मल्लले जोगाउँदा घरेलु टोलीले पहिलो हाफमा खेललाई बराबरी गर्ने सुन्दर मौका खेर फाल्नु प¥यो ।
खेल दोश्रो हाफमा अझ तनावपूर्ण तथा शसक्त बन्न पुग्यो । खेलमा दुबै तर्फबाट निकै राम्रा प्राहरहरु भए । घरेलु टोलीका शिब श्रेष्ठले ४७ औ मिनेटमा गरेको शसक्त प्रहारलाई उनै गोलकिपर मल्लले पुन उत्कृष्ट बचाउ गरे । उता नेपाल आर्मीले पनि दुई वटा सुन्दर मौका गुमायो दुबै मौकामा आर्मीका भरत खबास चुक्दा आर्मीले दोश्रो हाफमा समेत अग्रता दोब्बर बनाउन सकेन । दोश्रो हाफको ६५ औ मिनेटमा खेलमा केहिबेर घम्साघम्सी प¥यो । घरेलु टोलीका अशोक बराललाई आर्मीको खेलाडीले लडाउँदा दुबैपक्षविच केहिबेर हात हालाहालको समेत स्थिती सृजना भएको थियो तर केहिबेरको घम्साघम्सी पश्ताच खेल पुन सञ्चालन भयो । त्यसको केहि समय अर्थात ७७ औ मिनेटमा घरेलु टोली हेटौँडाका स्ट्राइकर एल्विस घाईते भएपछि हेटौँडा थप दबाबमा आएको थियो । बल हेड गर्ने क्रममा विपक्षीसँग ठोकीएर उनको नाकमा चोट आएपछि उनी मैदान छोडन बाध्य बने । निकै प्रतिस्पर्धात्मक खेलको ९० मिनेटसम्म खेलमा आर्मि १–० ले अग्रता कायम गर्न सफल भएको थियो खेलमा थपिएको आठ मिनेटको अन्तिम समयमा अर्था ९७ औ मिनेटमा आर्मीका सन्तोष तामाङको कर्नरमा जर्सी नंबर १२ का वालकृष्ण श्रेष्ठले गोल गर्दै टिमलाई २–० को अग्रता मात्र दिलाएन आर्मीको विजयी गोल पनि भयो । खेलमा उत्कृष्ठ प्रर्दशन गर्दै आधा दर्जन उत्कृष्ट बचाउ गरेका आर्मीका कप्तान समेत रहेका गोल किपर विकास मल्ल म्यान अफ द म्याच भए ।
खेल पश्चात प्रतिक्रिया दिँदै नेपाल आर्मीका प्रशिक्षक मेघराज केसीले सेमिफाईनल भएको कारण खेल केहि एग्रेसिभ भएको बताए । फस्ट हाफमा गोल अग्रता १–० ले मात्र भएकोले पनि निकै प्रतिस्पर्धा भएको बताउँदै उनले आफ्ना खेलाडीहरुलाई चोटले सताएकोले केहि समस्या भएको बताए । खेलमा क्रमिक सुधार भैरहेको बताउँदै उनले अब फाईनलमा उपाधि जितेर लैजाने खेल प्रर्दशन गर्ने उल्लेख गरे । हेटौँडाको टिम पनि निकै सशक्त रहेकोले प्रतियोगिता रोमाञ्चक रहेको उनको भनाई रहेको छ ।उता घरेलु टोली रिगल हेटौँडाका प्रशिक्षक विजयलाल श्रेष्ठले फरवार्डमा केहि समस्या भएकोले आफुहरु पराजित हुनु परेको बताए । प्रतियोगिता अन्र्तगत बिहिबार हुने सेमिफाईनल खेलमा साहारा क्लब पोखराले मनाङ मस्र्याङदीको सामना गर्ने छ ।