साहाराद्वारा एपिएफ पराजित
धर्मेन्द्र दाहाल
पोखराको साहारा फुटबल क्लब हेटौँडामा जारी अन्तराष्ट्रि आमन्त्रण फुटबलको मंगलबार भएको खेलमा विजयी भएको छ । साहाराले नोपाल एपिएफलाई २–० ले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा साहाराले ए डिभिजनको नेपाल एपिएफमाथी जित हाँसील गर्दै सेमिफाईनलमा स्थान पक्का गरेको छ ।
भुकम्पमा परि ज्यान गुमाएका पत्रकार सुमन भोम्जनको स्मृतिमा सुमन भोम्जन स्मृति खेल प्रतिष्ठानको आयोजनामा हेटौँडाको वन विज्ञान अन्ध्ययन सस्थानमा भइरहेको प्रतियोगितामा मंगलबारको खेलमा साहाराको तर्फबाट खेलको २५ औ मिनेटमा जर्सी नंबर ११ का शिव सुवेदीले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए । पहिलो हाफमा एपिएफलाई निकै दबाबमा राखेको साहाराको लागि दोश्रो गोल उपहार मार्फत प्राप्त ग¥यो । खेलको ३६ औ मिनेटमा साहाराका जर्सी नं ९ का निशान लिम्बुले गरेको क्रस एपिएफका मिलन राईले रोक्न खोज्दा त्यो आत्मघाति गोल बन्न पुगेपछि साहारा २–० को अग्रतामा पुग्यो । पहिलो हाफमा साहाराका जर्सी नं २४ का युगन एलोआगेको उत्कृष्ट प्रहार एपीएफका गोल रक्षकले बचाउ गरेका थिए ।
दोश्रो हाफमा निकै आक्रमक देखिएको एपिएफ गोल गर्न भने सकेन । खेलको ८० मिनेट पश्चात केहि दुबै पक्षबाट केहि आक्रमण ब्यवहार हुँदा एपिएफका ज्याङ्वो शेर्पाले ८२ औ मिनेटमा तथा साहाराका एलोआगेले ८५ औ मिनेटमा पहेलो कार्ड प्राप्त गरे । खेलको अन्तिम समयमा दुबै पक्षबाट गोलको प्रयास भएपनि गोल हुन नसक्दा खेल साहाराले २–० ले जित्यो ।
खेल पश्चात प्रतिक्रिया दिँदै एपिएफका प्रशिक्षक जनक सिंहले पहिलो हाफमा सम्हालीएर खेल्न नसक्दा हार बेहोर्नु परेको बताए । दुबै गोल आफ्नो गोल रक्षकको कारणले गर्दा बेहोर्नु परेको बताउँदै उनले आफ्नो तर्फका मिड फिल्ड तथा फरवार्डहरु जम्न नसक्दा खेल हारेको बताए । उता विजयी टिम साहाराको प्रशिक्षक किरण श्रेष्ठले पहिलो हाफमा राम्रो प्रर्दशन गरेकोले आफुहरु विजयी भएको बताए । एउटा ए डिभिजनके सेट भैसकेको टिमलाई जित्नु पनि राम्रो रहेको बताउँदै अब सेमिफाईनलमा हुने प्रतिस्पर्धाको तयारी गर्ने बताए ।
सेमिफाईनलको टुङ्गो
हेटौँडामा जारी अन्तराष्ट्रिय हेटौँडा गोल्डकपको सेमिफाईनलको समिकारण पुरा भएको छ । प्रतियोगितामा सेमिफाईनलमा पुृग्ने ४ वटै टिमको टुङ्गो लागेको हो । प्रतियोगिता अन्तरर्गत घरेलु टोली रिगल हेटौँडा एफसी, नेपाल आर्मी, मानाङ मस्र्याङ्दी तथा साहारा क्लब सेमिफाईनलमा पुगेका छन् । घरेलु टोली रिगल हेटौँडा एफसीले भुटानको क्लियरिङ फुटबल क्लबलाई पराजित गर्दै सेमिफाईनमा आफ्नो स्थान सुरक्षित गर्दा नेपाल आर्मीले सरस्वती क्लबलाई पराजित गर्दै सेमिफाईनल यात्रा तय गरेको हो । त्यसैगरी मनाङ मस्र्याङ्दीले भारतको कञ्चनजंघालाई पराजित गर्दै सेमिफाईनल प्रबेश गर्दा साहाराले नेपाल एपिएफलाई पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएको हो । सेमिफाईनलको पहिलो खेलमा आज घरेलु टोली एफसी हेटौँडाले नेपाल आर्मीको सामना गर्ने छ भने बिहिबार हुने दोश्रो सेमिफाईनल मनाङ मस्र्याङदी बिरुद्ध पोखराको साहारा क्लबबिच हुने छ ।
