नेपाल विद्युत प्राधिकरणमा ५ सय १ पदमा जागिर खुल्यो
नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न कार्यालय तथा विभागका लागि ५ सय १ पदमा जागिरको अवसर खुलाएको छ। विभिन्न समूहमा अधिकृत तथा सहायक स्तरका रिक्त पदहरुमा प्राधिकरणले दरखास्त आह्वान गरेको छ।
जसअनुसार अधिकृत पदमा कुल १ सय ६ जनाका लागि र सहायक स्तरका विभिन्न समूहमा ३ सय ९५ कर्मचारी माग गरिएको हो। आवेदकले प्राधिकरणको वेबसाइट डब्लूडब्लूडब्लू डट एनईए डट ओआरजी डट एनपीबाट फारम डाउनलोड गरेर रितपूर्वक भरी आवेदन दिन सक्ने छन्। यी सबै पदको पाठ्यक्रम समेत सो वेबसाइटमार्फत प्राप्त हुनेछ।