हेटौँडा गोल्ड कपको उपाधि मनाङ मस्र्याङ्दीको कब्जामा

धर्मेन्द्र दाहाल
८ फागुन, नयाँ दिल्ली । हैदरावाद हाउसमा तामझामका साथ गरिएका सातवटा समझदारीमा के-के छन् भन्ने चासो नेपालीहरुमा हुनु स्वाभाविकै हो । तर, यी समझदारी त्यस्ता छन्, जुन विगतकै समझदारीहरुको कार्यान्वयनबारे दोहोर्‍याइएका प्रतिवद्धता हुन् । जुन, यसप्रकार छन्ः

नेपाल आर्मीलाई ट्राइब्रेकरमा ४१ ले हराउँदै मनाङ मस्ङ्दी क्लबले हेटौँडामा सम्पन्न पहिलो अन्तराष्ट्रिय हेटौँडा गोल्ड कपको उपाधिमाथि कब्जा जमाएको छ ।

खेल पत्रकार स्वर्गिय सुमन भोम्जनको स्मृतिमा सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान हेटौँडाले आयोजना गरेको प्रतियोगिताको पहिलो संसकरणको विजेता मनाङ मस्र्याङदी भएको हो । वन विज्ञान अध्ययन सस्थान हेटौँडाको खेल मैदानमा आज भएको प्रतिस्पर्धाको उपाधि जित्दै मनाङले ३ लाख नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । भने उपविजेता नेपाल आर्मीले १ लाख ५० हजार सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।


निकै प्रतिस्पर्धात्मक खेलको पुरा ९० मिनेटमा दुबै तर्फबाट कुनैपनि गोल हुन नसकेपछि खेलमा २० मिनेटको समय थप गरिएको थियो । १ सय १० मिनेटमा पनि कुनै गोल हुन नसकेपछि  खेल ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा पहिलो गोल मनाङका मुसाले गरे । उता आर्मीका जितेन्द्र कार्कीले पनि गोल गर्दै ११ को अवस्थामा पु¥याए । त्यस पश्तात मनाङका अनिल गुरुङ, सिसाको, सुजल श्रेष्ठले गोल गरे भने आर्मीका सन्तोष तामाङ र सितराज महत्तोले गोल गर्न नसक्दा मनाङले खेल जित्यो । खेलमा सर्वोत्कृष्ट खेलाडी मनाङका अफिज ओलावले हुँदा सर्वोत्कृष्ट डिफेन्डर आर्मीका जितेन्द्र कार्की, मिडफिल्डर आर्मीका टंक बस्नेत तथा फरार्वाडमा मनाङका अनिल गुरुङ भए । ओलावलेले सर्वोत्कृष्ट खेलाडी बापत ३० हजार नगद प्राप्त गर्दा अन्य उत्कृष्ट खेलाडीहरुले १०/१० हजार प्राप्त गरेका थिए । प्रतियोगितामा उपाधि विजेता तथा उपविजेतालाई उपप्रधानमन्त्री सिपी मैनालीले पुरस्कार वितरण गरेका थिए ।

All news in One Place