फाइनलको लागि १० जना छानिए

थाहा कलाकेन्द्रको आयोजनामा भएको मकवानपुर आइडलको सेमिफाइनल राउण्ड आइतबार थाहा नगरपालिकाको विकास घरमा सम्पन्न भएको छ । १५ जनाको बिचमा भएको प्रतिस्पर्धामा मकवानपुर आइडलको फाइनल राउण्डको लागि १० जना प्रतिस्पर्धीहरु छानिएका छन् । 
अब हुने फाइनल राउण्डको लागि सुरज कार्की, सागर तिमिल्सिना, सर्मिला स्याङ्तान, दिपक कालिराज, बिनिशा घिमिरे, दिपराज केसी, सरोज प्रधान, सिर्जना कपाली, देमन्त गोपाली र बिनिता गोपाली छानिएका छन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएका चलचित्र निर्माता निर्देशक बिएस बलामीले मकवानपुर आइडल बिजेता बन्ने प्रतिस्पर्धीको लागि आफ्नो आगामी चलचित्रमा पाश्र्व गायनको लागि मौका दिने बताउनु भयो ।
निर्णायकको रुपमा रहेका गायक गायिकाहरु लालकाजी श्रेष्ठ, मेनुका राई, र उत्तम थापामगर तथा स्थानीय गायक मुक्तिनाथ उप्रेतीको साँगितिक प्रस्तुतिले कार्यक्रममा थप उत्साह थपेको थियो । सबै प्रतिस्पर्धीहरुसँग उत्तिकै राम्रो प्रतिभा रहेको र साँगितिक क्षेत्रमा राम्रो भविष्य रहेको निर्णायक श्रेष्ठले बताउनु भयो । प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ नगद र एक वटा गीत रेकर्ड गर्न पाउने छन् । द्धितिय र तृतिय हुनेलाई क्रमशः ३० हजार र २० हजार प्राप्त गर्नेछन् । 
-राजकुमार केसीको फेसबुकबाट/ तस्विरः रूपक कालिराज

All news in One Place