सडकमा नाचेर महिला हिँसाको विरोध

फेब्रुअरी १४ अर्थात् प्रेम दिवस । अधिकांश मानिसहरुले यस दिनलाई आफ्नो प्रेमी वा प्रेमिकाको साथमा रहेर विभिन्न तरिकाले मनाउने गर्दछन् । तर, चुरियामाईका महिलाहरुले भने सामुहिक रुपमा सडकमा नाचेर महिला हिंसाको विरोध गर्दै फेब्रुअरी १४ मनाएका छन् ।
उर्लंदो सय करोड अभियान अन्तर्गत उनीहरुले यसरी सडकमा नृत्य प्रस्तुत गरेका हुन् । उनीहरुले हिंसाको विरोध जनाउने नारीवादी गीतहरुमा नृत्य गर्दै लैंगिक हिंसाको प्रतिकार गरेका थिए । नेपाल लगायत विश्वभर लाखौं महिला तथा बालिकाहरुले दैनिक विभिन्न प्रकारको हिँसा भोग्नुपरेको सन्दर्भमा महिलाहरुले मनोरञ्जनात्मक रुपमा दिवस मनाएका हुन् । कार्यक्रममा स्थानीय महिला तथा बालबालिका सहभागी भएका थिए । उर्लंदो सय करोड अभियानलाई विश्वव्यापी अभियानका रुपमा लिईन्छ । जसले विश्वका ३ जना महिलामध्ये १ जना महिला आफ्नो जीवनकालमा बलात्कार वा घरेलु हिंसामा परेको हुनेछ, भन्ने मान्यता राख्दछ र कलाको माध्यमबाट त्यसको प्रतिरोध गर्नका लागि महिलाहरुलाई आह्वान  
नारीवादी गीतहरुमा नृत्य गर्दै स्थानीय महिलाहरु, साथमा मकवानपुर महिला समूहकी अध्यक्ष इश्वरी बानियाँ, सचिव कमला सुवेदी, कार्यक्रम संयोजक निशा लामा लगायत ।




गर्दछ ।
सन् २०१२ देखि उर्लंदो सय करोड अभियान सञ्चालन भएको थियो । अभियान अन्तर्गत प्रत्येक वर्ष फेब्रुअरी १४ का दिन मनोरञ्जनात्मक कार्यक्रम गरी महिलाहरुले सामुहिक रुपमा लैंगिक हिंसाको विरोध गर्ने गरेका छन् । “क्रान्तिका लागि उर्लंदो सय करोड अभियान” भन्ने मूल नाराका साथ सञ्चालन भएको अभियान अन्तर्गत मकवानपुर महिला समूहले कार्यक्रमको आयोजना गरेको थियो ।
नारीवादी गीतहरुमा नृत्य गर्दै स्थानीय महिलाहरु, साथमा मकवानपुर महिला समूहकी अध्यक्ष इश्वरी बानियाँ, सचिव कमला सुवेदी, कार्यक्रम संयोजक निशा लामा लगायत ।
कार्यक्रम मार्फत् महिलाहरुले अ–आफ्नो स्थानबाट विभिन्न तरिकाले हिँसाको विरोध जनाउन सक्छन् भन्ने सन्देश दिन खोजिएको मकवानपुर महिला समूहकी अध्यक्ष इश्वरी बानियाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यही तरिकाबाट हिंसाको विरोध गर्नुपर्छ भन्ने छैन, त्यसको विभिन्न माध्यम    हुनसक्छ ।” कार्यक्रममा समूहकी सचिव कमला सुवेदीले अभियानमा सहभागी महिलाहरुलाई स्वागत गर्दै अभियानको सान्दर्भिक कविता प्रस्तुत गर्नुभएको थियो ।
-शुभलक्ष्मी वि.क., हेटौंडा

All news in One Place