नेपाल आर्मीको संघर्षपूर्ण जित
धर्मेन्द्र दाहाल/हेटाैंडा
हेटौँडामा जारी अन्तराष्ट्रिय हेटौँडा गोल्डकप फुटबलको आईतबार भएको खेलमा नेपाल आर्मिले सरस्वति यूवा क्लब विरुद्ध संघर्षपूर्ण जित दर्ता गर्दै सेमिफाईनलमा प्रबेश गरेको छ ।
हेटौँडामा जारी अन्तराष्ट्रिय हेटौँडा गोल्डकप फुटबलको आईतबार भएको खेलमा नेपाल आर्मिले सरस्वति यूवा क्लब विरुद्ध संघर्षपूर्ण जित दर्ता गर्दै सेमिफाईनलमा प्रबेश गरेको छ ।
निकै प्रतिस्पर्धात्मक खेलको २१ औ मिनेटमा आर्मीका सन्तोष तामाङको कर्नरमा जर्सी नं ४ का विकास तामाङले गरेको हेड गोल नै आर्मीलाई जितको लागि पर्याप्त बन्दा सरस्वती यूवा क्लब प्रतियोगिताबाट बाहिरीएको छ ।
भुकम्पमा ज्यान गुमाएका खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा सुमन भोम्जन स्मृति खेल प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको दोश्रो दिन आर्मी र सरस्वतिको निकै प्रतिस्पर्धात्मक खेलमा आर्मी तथा सरस्वतिले धेरै अवसरलाई गोलमा भने परिणत गर्न नसक्दा खेल अवधिभर एक गोल मात्र संघव भएको हो ।
१ गोलले पछि परेको अवस्थामा सरस्वतिले खेलको ३५ औ मिनेटमा निकै राम्रो अबसर खेर फाल्यो । सरस्वतीका शक्ति राईको वन भर्सेज वन बलमा पनि गोल गर्न नसक्दा सरस्वति मध्यान्तर अघि बराबरी गर्नबाट चुक्यो । बन विज्ञान अध्ययन सस्थानको खेल मैदानमा भएको प्रतियोगिताको पहिलो हापमा १–० को अग्रता लिएको आर्मीले पनि धेरै अवसर खेर फाल्यो , दर्शकहरुले अपेक्षा गरे अनुसार खेलको दोश्रो हाफ पनि निकै प्रतिस्पर्धात्मक बन्यो । दोश्रो हाफको ६ मिनेटमा आर्मीका डिफेन्डरलाई लडाए बापत सरस्वतीका क्याप्टेन कुशल श्रेष्ठले पहेलो कार्ड खाए । दोश्रो हाफको ८ औ मिनेटमा आर्मीका पदम तामाङको शक्तिशाली प्रहार सरस्वतीका गोल रक्षक कृष्ण चौधरीले बचाउ गरे । दोश्रो हाफको २७ औ मिनेटमा आर्मीका भरत खबासको प्रहारलाई पनि उत्कृष्ट बचाउ गरेका उनको निकै राम्रो प्रर्दशनले सरस्वति धेरै गोल खानबाट जोगियो । उनले आर्मीका करिब आधा दर्जन शक्तिशाली प्राहरलाई बचाएका थिए । खेलमा निकै उत्कृष्ट प्रर्दशन गरेका चौधरी म्यान अफ द म्याच भए ।
खेल पश्चात प्रतिक्रिया दिँदै आर्मीका प्रशिक्षक मेघराज केसीले सरस्वतीसंगको खेलमा सोचेजस्तो खेल प्रर्दशन गर्न नसकेको बताए । आफ्ना मुख्य ६ जना खेलाडीहरु उपस्थिती गराउन नसकेको, केहि खेलाडी घाईते तथा केहि साफ फुटबलको लागि भारतमा रहेको बताउँदै उनले सेमिफाइनलमा प्रर्दशन अझ राम्रो बनाउने बताए ।
उता पराजय भोगेको सरस्वती क्लबका टिम म्यानेजर नविन पराजुलीले आफ्ना खेलाडीहरुले सक्दो मेहनत गरेको भएपनि विजयी हुन नसकेको बताए । दुई वटै 'ए' डिभिजनका क्लब भएकोले पनि खेल प्रतिस्पर्धात्मक भएको उनको भनाई रहेको छ ।