कालाबजारी नियन्त्रण आफ्नो पहिलो प्राथमिकता : प्रमुख जिल्ला अधिकारी

धर्मेन्द्र दाहाल
मानबहादुर विके/प्रजिअ, मकवानपुर
केहि दिन अघि मात्र मकवानपुर आएका प्रमुख जिल्ला अधिकारी डाक्टर मानबहादुर विकेले कालाबजारी नियन्त्रण आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् । सोमबार पत्रकार भेटघाट गर्दै उनले नाकाबन्दीको कारण मौलाएको कालाबजारी नियन्त्रण आफ्नो पहिलो कार्य हुने बताए । 
मकवानपुरमा पेट्रोलियम पदार्थको आयत तथा विक्रिलाई ब्यवस्थीत बनाउँदै पेट्रोलियम पदार्थमा भएको कालाबजारी रोक्न आफु लागि पर्ने उनको भनाई रहेको छ । पत्रकारहरुसँगको छलफलमा बोल्दै प्रजिअ विकेले मकवानपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयमा भएका ढिलासुस्ती नियन्त्रण तथा सेवामा थप सुधार गर्ने आफुले कार्ययोजना तयार पारेको बताए । मकवानपुरमा समस्याको रुपमा रहेको गाँजा खेतीलाई कम गर्दै ति क्षेत्रमा कृषि तथा पशु ब्यवसाय विकाको लागि आफुले पहल गर्नुको साथै समन्वयकारी भुमिकामा रहने समेत उनले स्पष्ठ पारे ।

All news in One Place