रजत महोत्सवमा पूर्व अध्यक्षहरु सम्मानित

समूह स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा हेटौडा ७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूहले शनिवार विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । 

समूहका संस्थापक अध्यक्ष स्वर्गीय भागवतप्रसाद पौडेलको धर्मपत्नी माधवी पौडेल, जर्नादन पौडेल, रघुप्रसाद आचार्य, प्रल्हाद शर्मा आचार्य र मिनप्रसाद चौलागाईलाई सम्मान गरिएको हो । कार्यक्रम जिल्ला वन कार्यालय मकवानपुरका अधिकृत राजेन्द्र न्यौपानेको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष ज्ञानबहादुर चौलागाईको अध्यक्षतामा भएको हो ।

All news in One Place