मेलामा मकवानपुरको पर्यटन प्रवद्र्धन गरिने


हेटौंडामा यहि फागुन २० गतेबाट हुन लागिरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलामा मकवानपुरको पर्यटन प्रबद्र्घनको तयारी गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हुन लागिरहेको मेलामा मकवानपुरमा पर्यटनको सम्भावना, पर्यटकीय क्षेत्रहरु, पर्यटन विकासको अवस्था लगायतका विषयमा जानकारी गराउन छुट्टै स्टलको व्यवस्था गरिने भएको हो ।

जिल्ला विकास समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिकाको संयोजनमा मकवानपुरको पर्यटनसंग सम्बन्धित विभिन्न जानकारी एलसिडि मार्फत प्रदर्शन गर्ने तयारी गरिएको पर्यटन प्रवद्र्धन समिति सदस्य कृष्ण अर्यालले बताउनुभएको छ । मेलामा पर्यटन प्रवद्र्धनको सफल कार्यका लागि आज बसेको बैठकमा छलफल समेत भएको समिति संयोजक रामप्रसाद न्यौपानेले बताउनुभयो । मेला अबधिभर मकवानपुरका स्थानीय होटलहरुमा आवासमा २० प्रतिशत छुट दिनका लागि आफूहरु तयार रहेको होटल एशोसियसन मकवानपुरका कार्यबाहक अध्यक्ष शालिकराम शर्माले प्रतिबद्धतासमेत ब्यक्त गर्नुभएको छ । 

All news in One Place