गायिका राणालाइ मोफलसकै ठूलो पुरस्कार
शिव चाैलागाइ/
पाँच दशकलामो समयदेखि सांगितक यात्रामा रहनुभएकी गायिका मिरा राणालाई मोफसलकै ठूलो राशी सहितको पुरस्कारले शनिवार हेटौंडामा सम्मान गरिएको छ । गायिका राणालाई एकलाख रुपैंया राशी सहितको बिजुली मायाँ वन श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार प्रदान गरिएको हो । वि.स २०२२ देखि सागिंतिक क्षेत्रमा सक्रिय राणालाई भीम विराग संगित साहित्य कला प्रतिष्ठानले पुरस्कृत तथा सम्मानित गरेको हो । नवौ बिजुली मायाँ वन श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कारबाट नेपाली संङगीत क्षेत्रका प्रसिद्ध गायिका राणालाई सर्जक चेतन कार्की मार्फत सम्मान प्रदान गरिएको प्रतिष्ठान अध्यक्ष तुल्सी थापाले बताउनुभयो ।
गायिका राणाले गायन क्षेत्रमा गरेको निरन्तर साधन तथा यो क्षेत्रको श्रवृद्धिमा प्रदान गरेको योगदानलाई सम्मान गर्दै पुरस्कार प्रदान गरिएको अध्यक्ष थापाले बताउनुभयो । सम्मान कार्यक्रममा सानै उमेरमा उत्कृष्ट गित गाउन सक्षम हेटौंडा उपमहानगरपालिका वडा न.१० निवासी ५ वर्षिय चिराग डङंगोललाई पनि सम्मान गरिएको छ । बाल गायक डङ्गोलले कार्यक्रममा नेवारी र नेपाली भाषाको दुई वटा गीत गाएर सुनाएका थिए ।
