महासंघको तेह्रौं साधारणसभा सम्पन्न: न्हुच्छेमान श्रेष्ठ स्मृति क्रियाशील पत्रकारिता पुरस्कार विष्ट र अधिकारीलाइ
शिव चाैलागाइ/
नेपाल पत्रकार महासंघको शनिवार १३ औं साधारणसभा सम्पन्न भएको छ । पत्रकार महासंघ मकवानपुरका अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षता तथा महासंघ मध्यमाञ्चल संयोजक शितल महतोको प्रमुख आतिथ्यमा सभा भएको हो । सभामा एमाले मकवानपुरका आरती पाठक, मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विश्वकर्मा, उद्योग संघ मकवानपुर अध्यक्ष नवराज अर्याल, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष प्रताप विष्ट, जिल्ला बार एशोसिएसन मकवानपुरका अध्यक्ष अज्मिर केशी, प्रेस युनियन मकवानपुर अध्यक्ष रुपेश दुलाल, प्रेस चौतारी मकवानपुरका उपाध्यक्ष प्रकाश दाहाल, क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सदस्य एवम् तीन नम्बर प्रदेश संयोजक सुनील खड्का, ब्रोडकास्टिङ् एशोसिएसन अफ नेपाल बानका केन्द्रिय कोषाध्यक्ष उज्जवल चौलागाईं, रिर्पोटर्स क्लव मकवानपुर अध्यक्ष सविन न्यौपाने लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सभामा महासंघका संस्थापक अध्यक्ष न्हुच्छेमान श्रेष्ठको स्मृतिमा स्थापना गरिएको न्हूच्छेमान श्रेष्ठ स्मृति क्रियाशील पत्रकारिता पुरस्कार २०७० बाट दीपक अधिकारी र २०७१ बाट नानीमैंया विष्टलाई प्रदान गरिएको छ । यस्तै, महासंघका पूर्व अध्यक्षहरु नवराज शर्मा, कौशल पाण्डे, प्रताप विष्ट, राममणि दाहाल, भानुभक्त आचार्यलाई कदरपत्र प्रदान गरिएको छ । मकवानपुरको पत्रकारिता क्षेत्रका विभिन्न भुमिकामा सहयोग पु¥याएकोमा जिल्ला विकास समिती मकवानपुर, हेटौंडा उपमहानगरपालिका कार्यालय, क्षेत्रीय सूचना केन्द्र हेटौंडाका पूर्व प्रमुख केशवराज बानिया, निर्माण व्यवसायी राजेन्द्र चौलागाईं, व्यवसायी सुनील गिरीलाई प्रसंशापत्र प्रदान गरिएको छ ।

