'आफ्नो गाउँ आफै बनाउँ' अभियानमा हाँडीखोला प्रवासी समूह


गणेशदर्पण अधिकारी/
मकवानपुरको हाँडीखोलामा घर भै रोजगारी तथा अध्ययनको शिलशिलामा विभिन्न मुलुकमा पुगेका युवाहरु ‘आफ्नो गाउ“ आफै बनाउ’ अभियानमा जुटेका छन् ।
 
सामाजिक सेवा गर्ने उद्देश्यसहित हाँडीखोला प्रवासी समूह अन्तराष्ट्रिय सन्जाल गठन गरेका युवाहरुले पहिलो चरणमा हाँडीखोला स्वास्थ्यचौकीलाई एक्सरे मेसिन सहयोग गर्ने भएका छन् । उनीहरुले एक्सरे मेसिन खरिद गर्नका लागि आवश्यक रकम संकलन गर्नका लागि फेसबुक मार्फत रकम संकलन अभियान सुरु गरिसकेका छन् ।
 
हालसम्म ३७ जनाले गरेको प्रतिबद्धता अनुसार दुईलाख ६० हजार रुपैंयाको प्रतिबद्धता भैसकेको छ । हाँडीखोला–६ घर भै कामको शिलशिलामा दक्षिण कोरियामा रहेका सञ्जिव पाठकको अगुवाईमा रकम संकलन अभियान सञ्चालन भैरहेको हो ।
 
‘पैसा जत्ति कमाएपनि हामीलाई कहिल्यै पुग्दैन’, आफ्नो गाउँ आफै“ बनाउ अभियानका अभियन्ता पाठकले भने, ‘आफ्नो गाउँमा आवश्यक सहयोग गर्नुपर्छ भन्ने उद्देश्यका साथ यो अभियान सुरु गरिएको हो । यसलाई सार्थकता दिएरै छाड्ने छौ ।’
 
यो अभियानलाई विभिन्न मुलुकमा रहेका हाँडीखोलाका युवाहरुले सहयोग गरिरहेका छन् । एक्सरे मेसिन खरिद्का लागि कम्तिमा पाँचलाख रुपैंया आवश्यक पर्ने जानकारीमा आएको छ । ‘हाँडीखोला प्रवासी समूहलाई स्थापित गराउने योजना रहेको छ ।
 
पहिलो काम एक्सरे मेसिन सहयोग गर्नु हुनेछ, त्यसपश्चात हा“डीखोलाको लागि एम्बुलेन्स खरिद् गर्ने योजना रहेको छ’, पाठकले सुनाए । हा“डीखोलाका स्थायी बासिन्दा समेत रहेका हा“डीखोला स्वास्थ्यचौकीका अहेव ज्योतिराज लुईंटेलले यस अभियानको प्रशंसा गर्दै अभियानले सार्थकता पाएमा हेटौंडाबाट नजिक भएर पनि स्वास्थ्यको दृष्टिकोणले पछि परेको हाँडीखोलाका सर्वसाधारणले केही राहत पाउने विश्वास व्यक्त गरे ।
 
‘एक्सरे मेसिनलाई ६ देखि ७ लाख रुपैंया रकम लाग्ने भन्ने जानकारीमा आएको छ’, लुईंटेलले भने, ‘सामान्य तालिम लिएपश्चात स्वास्थ्यचौकीमा कार्यरत कर्मचारीले पनि यो मेसिन सञ्चालन गर्न सक्नेछन् ।’ उनले यो अभियानमा सहयोग गर्नका लागि सबैलाई अनुरोध गरे ।
 
हालसम्म कोरियामा रहेका सञ्जिव पाठकले ११ हजार एकसय ११, किरण घिमिरेले १० हजार, श्रीराम रिजाल र नवराज रिजालले १५ हजार एकसय रुपैंया, उमेश खकुरेलले पाँचहजार रुपैंया, मनोज अधिकारीले छ हजार छसय ६६ रुपैंया सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
 
यस्तै अरुण बर्तौलाले पा“चहजार पा“चसय ५५, रामकृष्ण उप्रेतीले पा“चहजार एकसय ५१, चक्रबहादुर वाईबाले पा“चहजार, बादल अर्यालले पा“चहजार पा“चसय ५५, सुदर्सन अधिकारी, सुमन अधिकारी, सुदर्शन अर्याल, अखिल पुडासैनी, गोविन्द अर्याल, दीपक थापा, राज तामाङ, विभुशरण थापा, राजकुमार ढुङ्गाना, प्रभाकर गौतम, सन्देश बुलुन, सुरेश रिजाल, एच.एस शिवाकोटी र राम पौडेलले जनही पा“चहजार पा“चसय ५५ रुपैंया सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
 
यस्तै केशव पाठकले पा“चहजार एक, दिनेश र रमेश सुवेदीले ११ हजार, सूर्य रानाले पाँचहजार एक, इश्वर ओझाले सातहजार सातसय ७७, जंगबहादुर बानिया“ले ११ हजार एकसय ११, मिलन बर्तौलाले सातहजार सातसय ७८, देवेन्द्र सुवेदीले छहजार छसय ६६, सुमित बर्तौलाले छहजार एक, हरिप्रसाद पौडेलले छहजार छसय ६६, लवनाथ पाठकले पा“चहजार आठसय ८८, उमेश गौतमले १२ हजार १२, विशाल तिवारीले १० हजार, प्रकाश सापकोटाले सातहजार सातसय ७७ र केशव रिजालले पा“चहजार रुपैंया सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारीमा आएको छ ।
 
हाँडीखोला–६ नम्बर वडाको मात्रै विभिन्न मुलुकमा रहेको एकसय ११ जना सम्पर्कमा आइसकेको अभियन्ता पाठकले जानकारी दिए । 

All news in One Place