डिआइजी उपाध्यायलाई स्वागत
शिव चौलागाईं/
मकवानपुर, फागुन १७ /सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ९ ले मध्यक्षेत्र प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव महानिरिक्षक पशुपति उपाध्यायलाई स्वागत तथा सम्मान गरेको छ । स्वागत कार्यक्रममा बोल्दै डिआइजी उपाध्यायले तस्करसंग कुनै प्रकारको सम्झौता नगर्ने बताए । पक्राउ परेका अपराधी छुटाउन आउनेको नियत पनि राम्रो नहुने भएकाले उनीहरुलाई पनि कानूनी कारवाहीको दायरामा ल्याउने उहाँले प्रतिबद्घता व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै केन्द्रका अध्यक्ष राम विष्टले अपराध न्यूनीकरणका लागि प्रहरीसंग नागरिकको सहकार्य आवश्यक भएको बताए । कार्यक्रममा संस्थापक अध्यक्ष रामचन्द्र अर्याल, निवर्तमान अध्यक्ष कुमार पौडेल, मानार्थ सदस्य प्रकाश पौडेल, उपाध्यक्ष विनोद लामिछाने, हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा सचिव नकुल अधिकारी, सामुदायिक सेवा उप केन्द्र कमानेका अध्यक्ष नारायणसिंह थिङ् लगायतले मन्तव्य व्यक्त गर्नुभएको सामुदायिक सेवा केन्द्रका सचिव रमिला सापकोटाले जानकारी दिए ।