गढीमा दलितको भेला
नानीमैया विष्ट हेटौडा । नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा मकवानपुरको संगठन अभियान अन्तर्गत गढी गा.वि.स.मा साेमवार भेला सम्पन्न भएको छ ।
नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय सचिवालय सदस्य जंगबहादुर विश्वकर्मा, सचिवालय सदस्य रामकृष्ण देउला, जिल्ला सम्मेलन आयोजक समितिका संयोजक रामबहादुर नेपालीले दलित आन्दोलन, नयाँ संविधानको अन्तरबस्तुको बारेमा मन्तव्य राख्नुभएको थियो । भेलाले बलराम विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय गढी गाउँ कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा हरि परियार, सचिवमा विमला विश्वकर्मा, कोषाध्यक्ष राधाकृष्ण विश्वकर्मा र अन्य सदस्यहरु उपस्थित थिए ।