परिषद्द्वारा रजत महोत्सवमा खुला रक्तदान

श्रीकृष्ण प्रणामी युवा परिषद् मकवानपुरले रजत महोत्सवको अबसरमा आयोजित त्रिदिवसीय कार्यक्रमअन्तर्गत खुला रक्तदान गरेको छ । 
परिषद्ले आयोजना गरेको कार्यक्रममा ४५ जनाले रक्तदान गरेको सचिव राजु खतिवडाले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । सोमबार आयोजित रक्तदान कार्यक्रमसंगै परिषद्को त्रिदिवसीय कार्यक्रमको समापन भएको छ । 
श्रीकृष्ण प्रणामी युवा परिषद्का केन्द्रीय बरिष्ठ उपाध्यक्ष प्रमोद वाग्लेको प्रमुख आतिथ्यता तथा परिषद् मकवानपुर अध्यक्ष विष्णु वाग्लेको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । रक्तदानमा कार्यक्रम संयोजक मोहन ढकाल, श्रीकृष्ण प्रणामी सेवा समिति पूर्वकेन्द्रीय उपाध्यक्ष गुरुप्रसाद खतिवडा, युवा परिषद् पूर्वकेन्द्रीय अध्यक्ष रामप्रसाद शर्मा, सेवा समिति मकवानपुर अध्यक्ष रामकृष्ण तिवारी, उपाध्यक्ष अर्जुनप्रसाद वाग्ले, परिषद् उपाध्यक्ष जयप्रकाश घिमिरे, सदस्य श्याम मुडवरी, परिषद् हेटौंडा अध्यक्ष सुजन तिमल्सिनालगायतको आतिथ्यता थियो । 
परिषद्ले यसअघि पहिलो दिन माघ १६ गते शहीद स्मारकमा रहेको प्रतीक्षालयमा राष्ट्रपतिको स्वागतका लागि रंगरोगन गरेको थियो । १७ गते हेटौंडा–६, गौरीटारस्थित शान्ति बहिरा तथा सुस्तश्रवण आवासीय निमाविमा अध्ययनरत् विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग  गरेको सदस्य मुडवरीले जानकारी दिए ।
-शिव वियोगी चौलागाई

All news in One Place