उत्तरी मकवानपुरमा प्रहरी सक्रियता बढ्यो

इलाका प्रहरी कार्यालय पालुङ मकवानपुर अन्तर्गतका क्षेत्र तथा छिमेकी गाविसहरुमा राती १० बजेपछि पसलहरु खोल्न नपाउने भएको छ । सामुदायिक सेवा केन्द्रले मादक पदार्थ नियन्त्रण, बेचविखन ओसारपोसार तथा जुवातास नियन्त्रण गर्नका लागि यस्तो अभियान संचालन गरिएको सेवा केन्द्रले जनाएको छ । 
‘आफ्नो गाउँ आफै बनाऔँ, हातमा हात मिलाई प्रहरीसँग समन्वयन गरौँ’ भन्ने नाराका साथ यस्तो अभियान संचालन गरिएको सामुदायिक सेवा केन्द्य्रले जनाएको छ । साथै केन्द्रले लागूऔषध नियन्त्रण अभियान पनि संचालन गरेको छ । इलाका प्रहरी कार्यालय पालुङ अन्तर्गत मकवानपुरको थाहा नगरपालिका लगायत आग्रा, गोगने, नामटार, टिस्टुङ, चित्लाङ, मार्खु, फाखेल गाविसमा पनि यस्तो अभियान संचालन गरिने भएको छ । 

All news in One Place