अगुवा कृषकलाई तालिम
शितोष्ण वागवानी केन्द्र दामनको आयोजनामा चारदिने हिउँदे फलफूल खेती प्रविधि सम्बन्धी तालिम सोमबारबाट थाहा नगरको दामनमा शुरु भएको छ । अगुवा कृषकहरुको लागि आयोजना गरिएको तालिममा थाहा नगरपालिका, टिष्टुङ र मार्खु गाविसका कृषकहरुको सहभागिता रहेको छ । तालिममा २५ जनाको सहभागिता रहेको छ । तालिमका सहभागीहरुलाई शितोष्ण वागवानी केन्द्र दामनका प्रमुख आइतसिंह गुरुङ, प्राविधिक कालिकान्त झा, राजकुमार श्रेष्ठ र कृषि सेवा केन्द्र दामनका प्रमुख विजयचन्द्र झाले सहजीकरण गरिरहेका छन् । तालिम यहि माघ २० गते सकिदैछ ।