यौन दुव्र्यबहार भएमा मौनता तोड्ने प्रतिबद्घता
बाल कल्याण समाज मकवानपुरको आयोजना तथा लिगर फाउन्डेशन, भ्वाइस अफ चिल्ड्रेन र नेशनल चाइल्ड प्रोटेक्सन एलायन्सको संयोजनमा बाल यौन दुव्र्यबहार रोकथाम सम्बन्धि अभिमुखीकरण आयोजना गरिएको छ ।
दुई दिनसम्म हेटौंडामा सञ्चालित अभिमुखीकरणमा मकवानपुरको चुरियामाई, मनहरी, हाडीखोला, बज्रबाराही, पालुङ्, नामटार, चित्लाङ्, फाखेलका १७ जनाको सहभागिता थियो । अभिमुखीकरणका सहभागीहरुले आफ्नो क्षेत्रमा हुने बालयौन दुव्र्यबहार न्यूनीकरणका लागि सघाउ पु¥याउने आयोजकले अपेक्षा गरेको छ । अभिमुखीकरणमा सहभागी किशोरीहरुले कहीकतै यौन दुव्र्यबहार भएमा मौनता तोड्ने प्रतिबद्घता समेत व्यक्त गरेका छन् । घर, बजार, विद्यालय, बजार, समुदाय जुनसुकै क्षेत्रमा हुने यौन दुव्र्यहार न्यूनीकरणका लागि तालिम प्राप्त अभियन्ताले सघाउ पु¥याउनेछन् । बालकल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक एवम् बालअधिकारकर्मी प्रकाश खतिवडाले अभिमुखीकरणमा सहजीकरण गर्नुभएको थियो ।
-शिव वियोगी चौलागाई