हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

मकवानपुरको फापरबारीमा श्रोत केन्द्र प्राथमिक तह स्तरीय शिक्षक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा शिक्षकहरुको माछापुच्छ«े समूह प्रथम, मकालु समूह दोश्रा र धौलागिरी समूह तेश्रा भएका थिए । माछापुच्छ«े समूहमा हेमबहादुर श्रेष्ठ, देवबहादुर रखाल, राजनकुमार आले, जानकी मसराङ्गी र सन्तमायाँ राना मगर रहेका थिए । त्यस्तै, मकालु समूहमा सिता मान्थले, बिष्णुप्रसाद सञ्जेल, बिन्देश्वर सहनी, प्रमिला राई र गिताकुमारी राउत थिए । धौलागिरी समूहमा शुक्र पुलामी मगर, गोमा पन्त, भवानी घिमिरे, टेकबहादुर जर्गा मगर र दुर्गा थापा सहभागी थिए ।
३४ बिद्यालयका शिक्षकहरुको ९ वटा समूह सहभागी प्रतियोगिताका बिजेताहरुलाई प्रमाणपत्र बितरण बितरण गरिएको थियो । कार्यक्रम जिल्ला शिक्षा कार्यालय मकवानपुरका जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यको प्रमुख आतिथ्य रहेको थियो । फापरबारी श्रोत केन्द्रका श्रोत व्यक्ति रबिन्द्रप्रसाद चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा जनता उच्च माबिका प्राचार्य अशोककुमार यादवले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा मकवानपुरका सहायक जिल्ला शिक्षा अधिकारी हुमनाथ शर्मा, बिद्यालय निरिक्षक टिकाप्रसाद गौतम, प्राबिधिक सञ्जीव पुडाशैनी र अमर श्रेष्ठ, जनता उच्च माबिका अध्यक्ष चिजलाल श्रेष्ठ लगाएतको आतिथ्य रहेको थियो । शिक्षकहरुलाई स्वजागरुक बनाउँदै शैक्षिक गुणस्तर बृद्धी गर्ने उदेश्यले कार्यक्रम गरिएको बताईएको छ ।
-अशोकसुजन श्रेष्ठ, हेटौंडा

All news in One Place