मार्खुमा एमाले अगुवा कार्यकर्तालाई प्रशिक्षण
नेकपा एमालेले आज मकवानपुरको मार्खुमा अगुवा कार्यकर्ता प्रशिक्षित गरेको छ । एमालेको मकवानपुर क्षेत्र नम्बर २ को अगुवा कार्यकर्ता प्रशिक्षण अभियान अन्तर्गत मार्खुमा कार्यक्रम आयोजना गरिएको क्षेत्रीय अध्यक्ष विदुर हुमागाईंले जानकारी दिनुभयो । एमाले मार्खु गाउँ कमिटीका अध्यक्ष झम्क बलामीको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका क्षेत्रीय इन्चार्ज विष्णुप्रसाद ढकाल, पार्टीको पूर्व राष्ट्रिय प्रतिनिधी परिषदका सदस्य भगवती पुडासैनी, जिल्ला सदस्य बुद्घरत्न मानन्धरु, क्षेत्रीय अध्यक्ष विदुर हुमागाई, पार्टी जिल्ला लेखा समिती सदस्य लक्ष्मी रिमालले अगुवा कार्यकर्तालाई प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
मार्खु गाउँ कमिटीका असी जना एमाले अगुवा कार्यकर्ताको सहभागिता रहेको प्रशिक्षणमा वर्तमान समसामयिक परिस्थितीप्रति एमालेको धारणा, पार्टीको सैद्घान्तिक पक्ष लगायतका विषयमा प्रष्ट पारिएको थियो । यहि फागुन १ गतेबाट सुरु भएको एमालेको मकवानपुरको दुई नम्बर क्षेत्रस्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण यसअघि आमभञ्ज्याङ्,सुकौरा,बुढीचौर, निबुवाटार, इपा, कोगटेमा सम्पन्न भइसकेको छ भने भोली १३ गते भोली चित्लाङ्मा हुने एमाले मकवानपुर दुई नम्बर क्षेत्रले जनाएको छ ।