छतिवनमा दिगो आयआर्जन तथा सिप विकास तालिम
नानीमैया विष्ट/
दिगो आयआर्जन तथा सिप विकासको लागि २० दिने मखमलको जुत्ता बनाउने तालिम आज छतिवनमा एक कार्यक्रमको विच उद्घाटन गरिएको छ ।
१ नं. निर्वाचन क्षेत्र संसद विकास कोषको आर्थिक सहयोग तथा महिला एकता सार्थक समाज नेपालको आयोजनामा संचालित तालिम २० जनालाई दिइने आयोजकले जनाएको छ । संस्थाकी अध्यक्ष प्रमिला लामाको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु फुलमान भोम्जन, बालकृष्ण तिमल्सिना, भविता श्रेष्ठ रहनुभएको थियो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष लक्ष्मी माझीले स्वागत मन्तव्य राख्नुभएको थियो ।