सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.४ रेक्टर स्केलको भुकम्पको धक्का
काठमाडौंमा भुकम्पको धक्का महसुश भएको छ । बुधबार दिउँसो ३ बजेर ७ मिनेट जाँदा भुकम्पको धक्का गएको हो । राष्ट्रिय भुकम्प मापन केन्द्रले सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.४ रेक्टरस्केलको भुकम्पको धक्का गएको जनाएको छ । यो नयाँ भुकम्प नभएर पराकम्प भएको केन्द्रले स्पष्ट पारेको छ । गत बैशाख १२ गतेको विनाशकारी भुकम्पपछि हालसम्म पनि पराकम्पहरु जाने क्रम अझैंपनि रोकिएको छैन ।