क्रान्तिकारी पत्रकार मकवानपुर अध्यक्षमा विष्ट
क्रान्तिकारी पत्रकार संघ मकवानपुरको अध्यक्षमा नानीमैँया विष्ट चयन हुनुभएको छ । आज शनिबार हेटौंडामा सम्पन्न संघको चौंथो जिल्ला सम्मेलनले विष्टको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
संघको उपाध्यक्षमा अञ्जली थापा, सचिवमा राजकुमार केसी, कोषाध्यक्षमा शुभलक्ष्मी विश्वकर्मा र सहसचिवमा रञ्जिता डंगोल चयन भएका छन् । सदस्यहरुमा भावना रिजाल श्रेष्ठ, विमल श्रेष्ठ टोनी, अर्जुन सञ्जेल, गणेश दुलाल, सुदर्शन अधिकारी लगायत ११ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको हो । सम्मेलनले केन्द्रीय पार्षद्का लागि १२ जनालाई चयन गरेको उल्लेख गरिएको छ । संयोजक विष्टको सभाध्यक्षता एवम् नेपाल पत्रकार महासंघ केन्द्रीय महासचिव उजिर मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा एकीकृत माओवादी मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी छिन्तु, संघका केन्द्रीय सदस्यहरु लक्ष्मण खड्का, सुनिल खड्का र यदु गौतम, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु नवराज शर्मा र कौशल पाण्डे, प्रेस चौतारीका जिल्ला उपाध्यक्ष प्रकाश दहाल, प्रेस युनियनका जिल्ला अध्यक्ष रुपेश दुलाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संघका सहसचिव राजकुमार केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
मकवानपुर क्याम्पसमा क्रान्तिकारीको सम्मेलन आयोजक कमिटी गठन
मकवानपुर बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को सम्मेलन आयोजक समिति गठन भएको छ । पविना लामाको संयोजकत्वमा १९ सदस्यीय आयोजक समिति गठन भएको हो ।
आज (शनिबार) बिहान क्याम्पस परिसरमा भएको बैठकले सम्मेलन तयारीको लागि लामाको संयोजकत्वमा १९ सदस्यीय कमिटी गठन गर्दै तयारीका लागि सदस्यहरुलाई जिम्मेवारी दिएको छ । समितिमा देवेन्द्र चौलागाईं, पुष्पअमृत घतानी, शारदा सिकारी, जस्मिना सुनारी, सपना बानियाँ, विवेक फूयाँल, अर्जुन सापकोटा लगायत रहेका छन् । अखिल (क्रान्तिकारी) क्याम्पस क्षेत्र संयोजक दिनेश सुवेदीको अध्यक्षतामा सञ्चालन भएको बैठकमा संगठनका केन्द्रिय सदस्य प्रदिप अर्यालले क्रान्तिकारी विद्यार्थीको भूमिका र क्याम्पसमा संगठनले गर्नुपर्ने कामहरुका विषयमा जानकारी दिनुभयो । त्यस्तै, संगठनका जिल्ला संयोजक शुभलक्ष्मी विश्वकर्माले क्रान्तिकारी विद्यार्थीहरु उत्साहित भएर संगठन निर्माणमा लाग्न जोड दिनुभयो । बैठकले संगठनको नीति र कम्युनिष्ट विचार त्याग गरी अन्यत्र गएको भन्दै संगठनका पुर्व अध्यक्ष अमृत बर्तौलाका साथै जोसिना बर्तौला, हेम तामाङ र झलक छत्कुलीलाई संगठनको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको जनाएको छ ।