महासमिती सदस्यमा भरत लामा र जयराम निर्विरोध

नेपाली काङ्गे्रस मकवानपुरको नयाँ नेतृत्वका लागि अहिले निर्वाचन भइरहेको छ । पार्टी मकवानपुरको सभापतिका लागि वर्तमान सभापति रघुरमण न्यौपाने, सांसद इन्द्रबहादुर बानिया र प्रभातकुमार दाहालको उम्मेदवारी परेको छ । यस्तै, सचिवमा धर्म लामिछाने, भवसागर श्रेष्ठ र बुद्घ लामाको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा उत्सव इटेनी र गोपीलाल विश्वकर्माले उम्मेदवारी दिनुभएको छ । नयाँ नेतृत्वका लागि हेटौंडा २ पल्पसासभाहलमा भएको निर्वाचनमा केहीबेरमै मतगणना सुरु हुने सहायक निर्वाचन अधिकृत कृष्ण अर्यालले जानकारी दिनुभयो । निर्वाचनमा क्षेत्र नम्बर एकबाट १४८ मतदातामा १४८ जनाकै मत खसेको छ । दुई नम्बर क्षेत्रमा १९९ मा १९१ मात्र मत खसेको छ भने तीन नम्बर क्षेत्रमा तीन १५७ जना मतदाता रहेकोमा १६५ मत खसेको छ । 
यस्तै चार नम्बर निर्वाचन क्षेत्रमा १२० जना मतदाता रहेकोमा ११९ मत खसेको छ । पार्टी सभापतिमा उम्मेदवारी दिनुभएका तीनै जनाले पार्टीलाई मकवानपुरमा ठूलो पार्टी बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । यसैबिच, जिल्ला सदस्यमा ४ नम्बर निर्वाचन क्षेत्रबाट मिरा स्याङ्तान, २ बाट सुनमाया भोम्जन निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै, २ नम्बरबाट महासमिती सदस्यमा जयराम लामीछाने, विष्णु दाहाल, उदयमोहन श्रेष्ठ र भरत लामा निर्विरोध निर्वाचित हुनुभएको छ ।
शिव चौलागाइ, हेटौंडा

All news in One Place