मकवानपुरमा संस्थापन नै दुर्इ चिरा
नेपाली काँग्रेसको जिल्ला अधिवेशन आज हेटौंडामा हुँदैछ । अधिवेशनबाट निर्वाचित हुने सभापतिका लागि अहिलेसम्म तीनजना आकांक्षी देखिएका छन् । वर्तमान सभापति रघुरमण न्यौपाने, सांसद् इन्द्रबहादुर बानियाँ र महाधिवेशन प्रतिनिधि प्रभातकुमार दाहालबीच चुनावी प्रतिस्पर्धा हुने प्रायःनिश्चित छ । दाहालको उमेदवारी घोषणासँगै मकवानपुरमा काँग्रेस संस्थापन पक्ष दुई चिरामा विभाजन भएको छ भने देउवा पक्षबाट एकमात्र उमेदवार सांसद् बानियाँ देखिएका छन् । तीनै जना उमेदवारले आफूहरु गुटको नेता नभएको भन्दै समग्र काँग्रेसको नेतृत्वकर्ता भएको दाबी गरिरहेका छन् ।