मकवानपुरमा सांसदको जित
नेपाली काङ्ग्रेस मकवानपुरको अध्यक्षमा सासद ईन्द्र बानियाँ निर्वाचित भएका छ्न । अध्यक्षका प्रत्यासी रघुरमण न्याैपानेलाइ भारी मतले बानियाँले पराजित गरेका हुन । निर्वाचनमा सांसद बानियाँले ३ सय ७८ मत प्रप्त गर्दा न्यौपानेले जम्मा १ सय १० मत पाएका थिए ।
अध्यक्षका अर्का उम्मेदवार प्रभात दाहालले १ सय नौ मत प्राप्त गरे । सचिबमा बुद्ध लामा ३ सय ५८ मत सहित विजय भएका छन् । उनका प्रत्यासी धर्मराज लामिछाने (१३९) र भवसागर श्रेष्ठले (६०) मत प्राप्त गरे । त्यसैगरी कोषाध्यक्षमा गोपिलाल बिश्वकर्मा विजयी भएका छन् । विश्वकर्माले २ सय ८३ मत सहित विजयी भए । उनका प्रतिस्पर्धी उत्सव इटेनीले २ सय ८१ मत पाएका थिए । मकवानपुरमा कुल ६ सय २४ मतदाता रहेकोमा ६ सय १४ मत खसेको थियो । मकवानपुरमा देउवा प्यानलले जिल्लाको नेतृत्व लिएको छ।