पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधन (यस्ता छन् कोइरालाको अविष्मरणीय केही भिडियोहरु)

लामो समयदेखि जिब्रोको क्यान्सरतथा नियोनियाँबाट ग्रस्त नेपालको पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइराला सोमबार राति १२ बजेर ५० मिनेट जादाँ महाराजगञ्जस्थित आफ्नै निवासमा निधन भएको छ । पछिल्लो केहीदिन देखि निमोनियकाका कारण ज्वरोले थलिएका कांग्रेस सभापति सुशील कोइरालाको स्वासप्रश्वासमा गडवडी भएपछि निधन भएको महाराजगञ्ज स्रोतले बताएको छ। 
विक्रम सम्बत सन् १९९६ साउन २८ गते पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा जन्मिएका कोइराला थिए। गत २०७० माघ २७ गते मुलुको ३७ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका कोइराला सरकारकै नेतृत्वमा गत असोज ३ गते नेपालको नयाँ संविधान २०७२ जारी भएको थियो।
‘सादा जीवन उच्च विचार’ भएका नेताको रुपमा परिचय बनाएका  नेपाली राजनीतिका इमान्दार राजनीतिज्ञ कोइरालाको केहि चर्चित भिडियो यस्ता छन्  । 

All news in One Place