सिपी मैनालीद्वारा छलफल
उप प्रधान महिला तथा बालबालिका मन्त्री सिपी मैनालीले आज महिला तथा बालबालिका कार्यालय मकवानपुरमा सरोकारवालाहरुसंग छलफल गर्नुभएको छ । कार्यक्रममा मकवानपुरका महिला तथा बालबालिकाका विषयमा जिल्ला बालकल्याण समिती मकवानपुरले मन्त्री मैनालीलाई जानकारी गराएको छ । समितीका सदस्यहरुले मकवानपुरमा बाल बिज्याईमा परेको बालबालिका सुधार्नका लागि बालसुधार गृह आवश्यक भएको मन्त्री समक्ष बताएका छन् ।
समितीका सदस्य बालकल्याण समाज मकवानपुरका कार्यक्रम संयोजक प्रकाश खतिवडाले जिल्लामा सरकारी तथा गैर सरकारी संस्थाबिच मिलेर काम गरिएको बताउनुभयो । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा.मानबहादुर विश्वकर्मा, स्थानीय विकास अधिकारी लक्ष्मण विक्रम थापा, महिला तथा बालबालिका कार्यालय प्रमुख शोभा शाह, बालकल्याण समितीका सदस्य उद्घब उप्रेती लगायतको सहभागिता थियो । मन्त्री मैनालीले मकवानपुरका ज्येष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण कार्यको शुभारम्भ समेत गर्नुभएको छ ।