श्रोतकेन्द्र स्तरिय शिक्षक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

सुन्दरी देवी माध्यमिक विद्यालय आग्रा डाँडाबासद्वारा आयोजित यस प्रतियोगितामा बीस विद्यालयले सहभागिता जनाएका थिए । पाँच समूहमा विभाजन गरी सञ्चालन गरिएको यस प्रतियोगितामा प्रदीप पराजुली , सुकुलाल मोक्तान र चौंठी रायको “ई” समूह प्रथम र नसिम राईन,अम्बिकाकुमारी अर्याल, कल्पना नेपाल र पाचु ठाकुरको “सी” समूह दोस्रो भएका थिए ।
कार्यक्रममा विजयी समूहलाई कार्यक्रमका सभाध्यक्ष ईन्द्रायणी मावि श्रोत संयोजक नारायण बहादुर कार्कीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । जिल्ला शिक्षा कार्यालय मकवानपुरको ५७ बुंदे निर्देशन अनुसार पहिलो चरण अन्तर्गत यो कार्यक्रम भएको हो । सभाध्यक्षको आसनबाट मन्तव्य राख्नु हुँदै संयोजक कार्कीले यस्ता कार्यक्रमले शिक्षकलाई स“धै सकृय र गतिशील बनाइ राख्ने भएकोले सिकाई प्रक्रियमा समेत सुधार आउने विश्वास व्यक्त गर्नु भयो । शिक्षक शुभराज गोलेले सञ्चालन गरेको यस कार्यक्रममा सरस्वती माविका आग्राका प्रधानध्यापक राजेन्द्र थापा, सुन्दरी देवी निमावि गोगनेका प्रधानाध्यापक हरिकृष्ण कार्की लगाएतका उपस्थिती रहेका थिए ।
शुभराज गोले/आग्रा